logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

नेकपाका केन्द्रीय सदस्य चुडामणि ओली सहित १६ कार्यकर्ता पक्राउ


  • रासस
  • शनिबार, कार्तिक २३ २०७६

पोखरा- नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाका केन्द्रीय सदस्यसहित १६ कार्यकर्ता पक्राउ परेका छन् ।  गौमुल गाउँपालिका–।३ माझपालीबाट आज दिउँसो इलाका प्रहरी कार्यालय घटमुनाको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिं भाटले बताए ।

पक्राउ पर्नेमा रोल्पा गङ्गादेव गाउँपालिका–३ जिनावाङका समूहका केन्द्रीय सदस्य चुडामणि ओलीसहित १६ जना रहेको प्रहरी उपरीक्षक भाटले जानकारी दिए । पक्राउ परेकाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार