राजनीति
सरकार द्धारा प्रतिबन्धित नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष रुद्र भट्टराई सहित झन्डै दुइ दर्जन नेता कार्यकर्ता गिरफ्तार भएकाछन । राष्ट्रियता माथी भारतीयले गरेको सिमा अतिक्रमणको विरुद्ध आज राजधानीमा निकालिएको जुलुस बाट उनिहरुलाइ गिरफ्तार गरेको अखिल क्रान्तिकारीका क्याम्पस जिल्ला अध्यक्ष तारा संज्यालले आफ्नो फेसबुकमा अप्लोड गरेकी छन ।
ताराको फेसबुक स्टाटस अनुसार क्रान्तिकारी संगठनका केन्द्रिय उपाअध्यक्ष रुद्र भट्टराई ,केन्द्रिय सदस्य प्रभात भट्टराई , शंकरदेब क्याम्पस का एकाइ अध्यक्ष,क्याम्पस जिल्ला सदस्य सुभास महत ,पसुपति एकाइ सदस्य मेगेन्द्र न्योपाने,त्रि चन्द्र सदस्य रन्जन,पसुपती सदस्य अनिल,लगायत नेताकार्यकर्ताहरु गिरफ्तार गरेको बताएको छ ।
क्रान्तिकारीले सरकार जनता अगाडि अझ नाग्गियको भन्दै गिरफ्तारी प्रती खेद प्रकट गरेको छ ।
यो पनि पढ्नुहोस
भारतले गत साता सार्वजनिक गरेको नक्सामा नेपाली भूमि समेटिएको विरोधमा प्रदर्शन गरेका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ निकट अखिल क्रान्तिकारी सेती महाकाली समन्वय समितिले भारतको पछिल्लो कदमका विरुद्ध सदरमुकाम महेन्द्रनगरमा प्रदर्शन गरेको हो ।
सरकार द्धारा प्रतिबन्धित नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारीले भारतले गत साता सार्वजनिक गरेको नक्सामा नेपाली भूमि समेटिएको विरोधमा प्रदर्शन गरेका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ निकट अखिल क्रान्तिकारी सेती महाकाली समन्वय समितिले भारतको पछिल्लो कदमका विरुद्ध सदरमुकाम महेन्द्रनगरमा प्रदर्शन गरेको हो ।
अखिल क्रान्तिकारीले सिद्धनाथ विज्ञान क्याम्पस, स्थानीय ट्राफिक चोक र जिल्ला प्रहरी कार्यालय छेउबाट छुट्टाछुट्टै र्याली निकालेको थियो । कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई भारतले आफ्नो नयाँ नक्सामा समावेश गरेको विरोधमा निकालिएका तीन वटै र्याली मदन चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
अखिल क्रान्तिकारीका केन्द्रिय सचिवालय सदस्य तथा महाकाली इन्चार्ज बिरेन्द्र शाहले नेतृत्व गरेको र्यालीमा राष्ट्रिययता सम्बन्धि चर्का नाराहरु लागेका थिए । कोणसभालाई अखिल क्रान्तिकारी केन्द्रीय सदस्य बबरजंग सिंह र कञ्चनपुरका अध्यक्ष नरेन्द्र भाटले सम्बोधन गरेका थिए ।
भारत द्वारा सार्वजनिक गरिएको राजनीतिक नक्सा कालापानी ,लिम्पियाधुरा र लिपुलेक लाई समावेश गरिएको विरुद्धमा अखिल क्रान्तिकारी सेतिमहाकाली क्षेत्रीय समन्वय समिती द्वारा कंचनपुरको महेन्द्रनगरमा हजारौं विद्यार्थी सहित विरोध प्रदर्शन गरेको हो । उक्त प्रदर्शनमा सङ्गठनका केन्द्रीय सदस्य प्रकाश जप्रेल , शंकर महरा र कैलाली जिल्ला अध्यक्ष सुबास जोशी लगायत जिल्ला स्तरीय नेताकार्यकर्ता सहित हजारौं विद्यार्थी को सहभागीता रहेको थियो ।