logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

ओली सरकारका सबै मन्त्रीलाइ राजिनामा दिन निर्देशनको तयारी, सोमबार बैठक बस्दै


  • राजनीति
  • आइतबार, कार्तिक २४ २०७६

वर्तमान सरकारको प्रमुख दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले सरकारका रहेका सबै मन्त्रीहरुलाई सामूहिक राजीनामा दिन निर्देशन दिने भएको छ । यसका लागि नेकपा सचिवालय बैठक सोमबार बिहान बालुवाटारमा बोलाइएको छ ।

नेकपा स्रोतका अनुसार बैठकले सबै मन्त्रीहरुहरुलाई राजीनामा दिन निर्देशन दिने र सरकार पुनर्गठन गर्न अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीलाई सुझाव दिने छ । यसअघि आइतबार यस बिषयमा ओली र नेकपाका अर्का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डबीच छलफल समेत भएको थियो ।  छलफलका क्रममा ओलीले  मन्त्रीमण्डल हेरफेर गर्नका लागि प्रचण्डसँग सहयोग मागेका थिए । प्रचण्ड र ओलीबीच यस बिषयमा दुई बिकल्पमा छलफल भएको थियो । पहिलो बिकल्पमा  प्रचण्डले सवै मन्त्रीहरुलाई राजीनामा दिन लगाउने र त्यसपछि केही नयाँ मन्त्री ल्याउने र केही राम्रा काम गरेका मन्त्रीहरुलाई दोहराउनुपर्ने सुझाव दिएका थिए ।

त्यस्तै दोश्रो बिकल्पका रुपमा अपेक्षित काम नगरेका मन्त्रीहरुलाई मात्र राजीनामा दिन निर्देशन दिने प्रचण्डको सुझाव छ । दुवै बिकल्पमा सचिवालय बैठकमा छलफल हुने र बैठकले भोली अथवा समय तोकेर केहि दिनपछि राजीनामा दिन निर्देशन दिने सम्भावना रहेको स्रोतको भनाई छ । सरकारको काम अपेक्षित प्रभावकारी नभएकोमा पार्टीका दुवै अध्यक्ष एकमत छन्।

दुई अध्यक्षबीच मन्त्रीका लागि वैकल्पिक नामका विषयमा समेत छलफल भएको थियो। तर कुन कुन मन्त्रीका विषयमा छलफल भएको र नयाँ अनुहारका विषयलाई भने गोप्य राखिएको उच्च स्रोतले जनायो ।  यसअघि प्रधानमन्त्री ओलीले आफ्ना सचिवालयका सदस्य र सल्लाहकार समितिलाई राजीनामा दिन निर्देशन दिएको थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार