logo बिहिबार, कार्तिक २७ २०८३ | Thursday 12th November 2026

कसले झुण्ड्याए ? प्रचण्डका घरभेटी ठेकेदारको फोटो कुकुर र बाँदरसँगै …….


  • राजनिती न्युज डेस्क
  • बुधबार, कार्तिक २७ २०७६

पोखरा – भत्केको पाटी–नगरकोट सडक दुई वर्षमा निर्माण बनिसक्नुपर्ने भएता पनि साढे सात वर्षमा पनि नबनेपछि स्थानीयबासीले ठेकेदार कम्पनी शैलुङ कन्स्ट्रक्सनका सञ्चालक शारदाप्रसाद अधिकारीको फोटो कुकुर र बाँदरसँगै झुण्ड्याएर विरोध गरेका छन्।

स्थानीयले नगरकोट आसपासका सार्वजनिक स्थान र त्यहाँ चल्ने सवारीहरुमा ठेकेदार अधिकारीका फोटा टाँगिएको हो । सार्वजनिक स्थानमा टाँगिएका ठेकेदार अधिकारीको फोटो भन्दा माथि कुुकर र बाँदरको फोटो राखेर लेलिएको छ, ‘शारदा अधिकारी ठेकेदार, सडकको कालोपत्र छिटो गर।’

अधिकारी पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालका घरभेटी हुन्। काठमाडौंका विभिन्न स्थानमा निर्माणको जिम्मा लिएको उनको कम्पनी शैलुङ कन्स्ट्रक्सनले जताततै काम अलपत्र छोडेको भन्दै बेला बेलामा आलोचना हुने गरेको छ।

एक्जिम बैंक भारतको सहयोगमा भत्केकोपाटी–खरिपाटी–तेलकोट हुँदै नगरकोटसम्म पुग्ने ४० किलोमिटर सडक दुई वर्षभित्रै सम्पन्न गर्ने जिम्मा शैलुङ कन्सट्रक्सनले पाएको छ। तर, साढे सात वर्ष पुगिसक्दा पनि काम कहिले सकिने भन्ने टुंगो छैन।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार