logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

ओलीले फेर्ने भए मन्त्री, ८ जना बिदाइको लिष्टमा


  • राजनीति
  • शुक्रबार, कार्तिक २९ २०७६

वर्तमान सरकारका प्रधानमन्त्री तथा सत्तारुढ नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आज मन्त्रिमण्डल हेरफेर गर्ने मनस्थिति बनाएको बुझिएको छ । त्यसका लागि प्रधानमन्त्री ओलीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग हिजो करिव डेढघण्टा छलफल गरेका थिए ।

यहि बारेमा प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल हेरफेरबारे मंगलबार अर्का नेता माधवकुमार नेपालसँग समेत छलफल गरेका थिए ।

बालुवाटार उच्च श्रोतका अनुसार मन्त्रिमण्डल हेरफेरका क्रममा करिव ८ जना मन्त्रिहरुले विदा पाउनेछन् । त्यस स्थानमा नयाँ नेताहरुले मौका पाउनेछन् । कार्यसम्पादनमा कमजोर रहेका मन्त्रीहरुलाई बिदाइ गरेर नयाँ ल्याउने तयारीमा ओली लागेका हुन् ।

यस्तै कतिपय जिम्मेवारीमा रहेका मन्त्रीहरुको मन्त्रालय परिवर्तन गर्ने तयारी समेत प्रधानमन्त्री ओलीको  छ ।

विगत २० महिनामा मन्त्रीहरुले गरेको कामको आधारमा उनीहरुलाई सोही किसिमको जिम्मेवारी दिन लागेको वालुवाटार स्रोतको दावी छ ।

आज ९ बजे ओली र प्रचण्डले नयाँ मन्त्रीको नामबारे निर्णय लिने बताइएको भएता पनि हाल सम्म नाम सार्वजनिक भएको छैन ।

यसअघि मंगलबार बसेको नेकपा सचिवालय बैठकले नै नयाँ बन्ने मन्त्रीको नामबारे टुंगो लगाउने भनिएपनि सांगठनिक विषयमात्रै टुंग्याइएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार