logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

क्रान्तिकारीका दुइ केन्द्रिय नेता जेल चलान


  • राजनीति
  • आइतबार, मंसिर १ २०७६

विप्लव नेतृत्वको नेकपाका तत्कालीन कास्की जिल्ला  सेक्रेटरी रोल्पा गंगादेव गाउँपालिका–२ का ४१ वर्षीय जंगबहादुर भण्डारी लगायत अखिल क्रान्तिकारीका २ केन्द्रीय सदस्य जेल चलान भएका छन् । अखिल क्रान्तिकारीका केन्द्रीय सदस्यद्वय भोजपुरको भोजपुर नगरपालिका–१२ का २६ वर्षीय मिलन राई र अखिल क्रान्तिकारी कास्की जिल्ला अध्यक्ष गोरखाको सुलिकोट गाउँपालिका–६ का २७ वर्षीय काजी गुरुङ भरतपुर जेल चलान भएका छन् ।

उनीहरुलाई यस अगाडि प्रहरीले कास्की, लमजुङ्ग, स्याङ्गजा,तनहुँ,पर्वत,गोर्खा,बागलुङ हुदै नवलपुर पुर्याएको थियो। जिल्ला अदालत नवलपुरको आदेशमा शुक्रबार जनही पाँच हजार रुपैयाँ धरौटी राखेर छाड्ने अादेश दिएपनि उनीहरू पुनः पक्राउ पर्ने भएपछि धरौटी रकम नबुझाएर जेल चलान भएका हुन । ।

कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका–११, उरीस्थित आमा समूहको भवनमा अखिल क्रान्तिकारी कास्की र पृथ्वीनारायण क्याम्पस जिल्ला कमिटीको संयुक्त बैठक बसिरहेका बेला उनीहरु समेतका २१ जना नेता तथा कार्यकर्तालाई प्रहरीले गएको जेठ २५ गते गिरफ्तार गरेको थियो। त्यसपछि उनीहरुलाई अदालतले छाड्ने र प्रहरीले गिरफ्तार गर्ने क्रमसंगै प्रहरीले अहिलेसम्म ८ जिल्ला पुर्याएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार