logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

कास्की क्षेत्र नं २ को उपनिर्वाचनमा साझा पार्टी चुनावी अभियान तीव्रता


  • रासस
  • सोमबार, मंसिर २ २०७६

पोखरा- कास्की क्षेत्र नं २ को उपनिर्वाचनमा साझा पार्टीले पनि आफ्नो पक्षमा जनमत पार्न चुनावी अभियानलाई तीव्रता दिएको छ । साझा पार्टीका उम्मेदवार रजनी केसीलाई भोट माग्न पार्टीका केन्द्रीय संयोजक रवीन्द्र मिश्र पनि मतदाता भेटघाट कार्यक्रममा व्यस्त भएका छन्।

मतदाता भेट्न आज उम्मेदवार केसीसहित पार्टी संयोजक मिश्र पोखराका विभिन्न टोलका मतदाता माझ पुगेका हुन् । घरदैलो पश्चातको कोणसभामा मिश्रले देशले विकल्पको खोजी गरिरहेको र साझा पार्टी नै उत्कृष्ट विकल्प भएको बताए । अन्य पार्टीसँग जनता निराश भएको भन्दै यसपालि जनताले साझा पार्टी रोज्ने उनको दाबी थियो।

उम्मेदवार रजनी केसीले देश रुपान्तरणका लागि आफू राजनीतिमा आएको बताए । उनले वर्तमान राजनीतिक परिभाषालाई बदल्ने स्पष्ट पारे । साझा पार्टीले आइतबार पोखरा–२१ को कृष्ति र निर्मलपोखरीमा घरदैलो कार्यक्रम गरेको हो । सोमबार निर्वाचन क्षेत्रअन्तर्गत पर्ने पोखरा–१६ मा घरदैलो कार्यक्रम गरिने पार्टीका कास्की जिल्ला संयोजक अर्जुनप्रसाद खनालले जानकारी दिए ।रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार