logo बिहिबार, कार्तिक २७ २०८३ | Thursday 12th November 2026

यी हुन मन्त्रिपरिषदमा थपिने नयाँ अनुहार र हटने मन्त्रीहरु


  • पत्रपत्रिका
  • बुधबार, मंसिर ४ २०७६

आज सम्भवत मन्त्रिपरिषद पुनर्गठन हुदैछ  । प्रधानमन्त्री ओली तथा नेकपा अध्यक्षद्वय प्रचण्ड बिच मन्त्रिपरिषद हेरफेर बारे हिजाे मात्रै छलफल भएको थियोे ।

मंगलबार बसेको बैठकमा मन्त्रिपरिषद्मा सामान्य परिवर्तन गर्न लागेको संकेत गरेका छ।

‘मन्त्रिपरिषद्को यो अवधिसम्म जति काम भयो ठिकै भयो, भोली आउनेले पनि राम्रै काम गर्लान्,’ बैठकमा प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै एक मन्त्रीले भने, ‘भोलि (बुधबार) तपाईंहरुले सार्वजनिक कार्यक्रम नराख्नुहोला, उपत्यका छाडेर धेरै टाढा पनि नजानु होला।’

प्रधामन्त्री ओलीले आफूले सोचविचार गरेरै केही निर्णय गर्न लागेको बताए।

‘मैले केही सोचिरहेको छु, भोली केही न केही निर्णय लिन्छु होला, सहकार्यका लागि तपाईंहरु सबैलाई धन्यवाद’ प्रधामन्त्री ओलीको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘फेरि पनि सहकार्य हुने नै छ, चित्त नदुखाउनु होला।’

बुधबारै मन्त्रिपरिषद्बाट बाहिरिने सूचीमा रहेका उद्योगमन्त्री मातृका यादव र कृषिमन्त्री चक्रपाणी खनाल बैठकमा नआएको स्रोतको भनाई छ। आजको कान्तिपुर मा खबर छ ।

त्यसैगरी दुबै उपप्रधानमन्त्री र शिक्षामन्त्री विदेशमा भएकाले उपस्थिति थिएनन् भने, अर्थमन्त्री युवराज खतिवडा र भूमि व्यवस्थामन्त्री पद्मा अर्याल पनि मंगलबारको बैठकमा उपस्थित थिएनन्।

प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल र आफू निकटका केही मन्त्री तथा नेतासँगको परामर्शमा मन्त्रिपरिषद् हेरफेर गर्ने निर्णय गरेका हुन्।

प्रधानमन्त्री निकट स्रोतका अनुसार ५ देखि १० जनासम्म मन्त्री परिवर्तन हुन सक्नेछन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार