logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

प्रधानमन्त्री ओली मिर्गौला फेर्न विदेश जाने तयारीमा,१३ वर्षअघि मिर्गौला दिने बुहारी पीडामा!


  • पत्रपत्रिका
  • बुधबार, मंसिर ४ २०७६

पोखरा- प्रधानमन्त्री केपी शर्मा ओली १३ वर्षअघि भारतमा प्रत्यारोपित मिर्गौला फेर्न विदेश जाने तयारीमा छन्।

तर, १३ वर्षअघि ओलीलाई आफ्नो मिर्गौला दिने उपकारी बुहारीका बाबुको व्यथा बेग्लै छ।आफ्नो मिर्गौला दिने भाइबुहारीका पिताजी धु्रब घिमिरे चितवनका पुराना नेता हुन्।प्धानमन्त्रीका भाइ ताराकी पत्नी अञ्जना घिमिरेले १३ वर्षअघि आफ्नो एउटा मिर्गौला ओलीलाई दिएकी थिइन्।

अहिले उनका बुवालाई पनि यही बिरामरले सताएको खबर आज बुधबार प्रकाशित भएको जनआस्था साप्ताहिकले छापेको छ।आर्थिक सहयोगका लागि धु्रब सरकारकहाँ नजाने सोचमा छन्। आफ्नै बलबुताले उपचार गर्ने पक्षमा उनी छन्।

उमेर ६७ वर्ष पुग्यो। दैनिकजसो औषधि खाइरहनु परेको छ। त्यसले कहिले राम्रो गर्छ, कहिले समस्या पार्छ।अर्कातिर पार्टीको काममा सक्रिय भइरहकै समयमा यस्तो रोगले सताएपछि पार्टी गतिविधि पनि कम भएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार