logo बिहिबार, कार्तिक २७ २०८३ | Thursday 12th November 2026

यी हुन् कार्यकारी अध्यक्षका रुपमा प्रचण्डका पाँच अधिकार


  • पत्रपत्रिका
  • बिहिबार, मंसिर ५ २०७६

पार्टी एकीकरण भएको १७ महिनापछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षको कार्याविभाजन भएको छ। जसअनुसार पहिलो वरियताका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले सरकार सञ्चालन गर्ने छन् भने दोस्रो वरियताका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको नेतृत्व गर्ने छन्।

कार्यकारी अध्यक्षका रुपमा प्रचण्डका पाँच अधिकार यसप्रकार हुने नेकपाका नेताहरू बताउँछन्ःमणि दाहालले नेपाल खबरमा लेखेका छन।मणि दाहालले नेपाल खबरमा लेखेका छन।

  • बैठकको अध्यक्षता
  • समीक्षा र निष्कर्ष दिने
  • पार्टीको वैचारिक नेतृत्व गर्ने
  • संगठनात्मक नेतृत्व गर्ने
  • सरकारलाई मार्गनिर्देशन गर्ने

नेकपा सचिवालयले २०७६ मंसिर ४ गते दुई अध्यक्षबीच यसरी कार्यविभाजन गर्ने निर्णय गरेको छः

१. अध्यक्षद्वय कमरेडहरू केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको वरीयताक्रम यथावत रहने।

२. अध्यक्ष कमरेड केपी शर्मा ओली प्रधानमन्त्रीको हैसियतले सरकारको काममा केन्द्रित हुने र अध्यक्ष कमरेड पुष्पकमल दाहाल प्रचण्ड कार्यकारी अधिकार सहित पार्टी काममा केन्द्रित हुने। बैठक संयुक्त अध्यक्षतामा सञ्चालन गर्ने। आमरूपमा बैठकको अध्यक्षता र सञ्चालन कमरेड पुष्पकमल दाहाल प्रचण्डले गर्ने।

३. प्रतिनिधिसभाको यस कार्यकालमा सरकारको नेतृत्व अध्यक्ष कमरेड केपी शर्मा ओलीले गर्ने र राजनीतिक स्थायित्वको सन्देश दिने।

४. पार्टी र सरकार सञ्चालन अध्यक्षद्वयबीचको आपसी सल्लाहमा गर्ने। पार्टी सञ्चालन गर्दा वैधानिक व्यवस्था र कमिटी प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार