logo बिहिबार, कार्तिक २७ २०८३ | Thursday 12th November 2026

मारुती सिमेन्ट खानीमा राखिएको दुईवटा स्काभेटर र टिप्परमा प्रेसर कुकर ब’म आक्र’मण


  • राजनिती न्युज डेस्क
  • बिहिबार, मंसिर ५ २०७६

file pic file pic

पोखरा-सिन्धुलीको दुधौली नगरपालिका–१४ स्थित सिमराई खानीवेशी सडकखण्डमा मारुती सिमेन्ट खानीको बाटो निर्माणको क्रममा पार्किङ गरेर राखिएको दुईवटा स्काभेटर र टिप्परमा बुधबार राती अज्ञात समूहले प्रेसर कुकर ब’म आक्र’मण गरेको छ ।

पार्किङ गरेर राखिएको को १ क। १४४० पीसी–२०० नम्बरको स्काभेटर, को १ क। ११०२ एलसी–२०० नम्बरको स्काभेटर र को १ क। १५४६ नम्बरको टिप्परमाथि अज्ञात समूहले मध्य रातमा ब’म आक्र’मण गरेको हो ।

मारुती सिमेन्ट उद्योगका लागि चुनढुङ्गा उत्खननमा प्रयोग गर्दै आएको दुई स्काभेटर र एक टिप्परलाई लक्षित गर्दै अज्ञात समुहले ब’म आक्र’मण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घटनास्थल दुधौली चौकीबाट २५ किलोमिटर टाढा रहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार