logo बिहिबार, कार्तिक २७ २०८३ | Thursday 12th November 2026

बूढीगण्डकी आयोजनाको प्रभावित क्षेत्रमा मुआब्जा माग गर्दै जनता सङ्गै धर्ना बसे डा.भट्टराई


  • राजनिती न्युज डेस्क
  • बिहिबार, मंसिर ५ २०७६

पोखरा- समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराई बूढीगण्डकी जलविद्युत आयोजनाको प्रभावित क्षेत्रमा मुआब्जा तोक्न माग गर्दै जिल्ला प्रशासन कार्यालय गोरखामा धर्नामा बसेका छन्।

पूर्वप्रधान मन्त्रीसमेत रहेका भट्टराई बूढीगण्डकी प्रभावित गोरखातर्फ आरूघाट, आर्खेत र धादिङतर्फ खहरेका बासिन्दा, जनप्रतिनिधिलगायत बिहीबार जिल्ला प्रशासन कार्यालय गोरखामा धर्ना दिन पुगेका थिए। भट्टराई गोरखा २ का सांसद हुन्।

‘बुढीगण्डकी परियोजनाको मुआब्जा वितरणमा लामो समयदेखि भएको ढिलाइ अन्त्य गर्न र तुरून्त उचित मुआब्जा वितरण गर्न दबाब दिन गोरखा जिल्ला प्रशासन कार्यालय अगाडि जनप्रतिनिधिहरू र सरोकारवालाहरूको धर्ना! यो महत्वपूर्ण राष्ट्रीय गौरवको परियोजनाका समस्या हल गर्न सरकारको तुरून्त ध्यान पुगोस्!’ भट्टराईले ट्वीट गरेका छन्।शुक्रबार जिल्ला प्रशासन कार्यालय धादिङमा धर्ना दिने कार्यक्रम छ।

मंसिर १० गतेसम्म मुआब्जा निर्धारण नगरे बूढीगण्डकी प्रभावितले थप आन्दोलन घोषणा गर्ने जनाएका छन्।१२ सय मेगावाट क्षमताको बनाइने बूढीगण्डकी आयोजनाका लागि पेट्रोलमा पाँच रुपैयाँ कर उठाइए पनि अझै निर्माण कार्य सुरू भएको छैन।

गोरखातर्फ साविक १४ र धादिङतर्फ १३ गाविसका जमिन डुवान पर्ने भए पनि मुआब्जा वितरण र तोक्ने काम पनि बाँकी नै छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार