logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

महानगरको वडा कार्यलयमा विप्लवको पोष्टर सहित तालाबन्दी


  • राजनीति
  • शुक्रबार, मंसिर ६ २०७६

नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी मंसिर ८ गते पार्टी स्थापनाको वर्षगाठ मनाउदै छ । यहि क्रममा नेकपाले देश ब्यापी प्रचारप्रसार लाइ नया संघर्षको शैलीमा बदलेको  छ् ।

मुलुकको राजधानी काठमाडौको लगायत देशै भरी पर्चा बितरण, भित्तेलेखन, र पोष्टरिङ्ग लाइ तीव्रता दिएको छ । यसै क्रममा नेपाल कम्युनिस्ट पार्टी ललितपुरले महानगरको वडा कार्यलयमा भित्तेलेखन सहित झन्डा तालाबन्दी गरेको छ ।

ललितपुर महानगरको वडा न २० र २२ र गोदावरी नगरपालिकाको वडा न ४ मा साझको समयमा नेकपाले आफ्नो प्रचार सामग्री मार्फत हस्तक्षेप गर्दै तालाबन्दी गरेको नेकपा ललितपुरले जनाएको छ ।

केहि महिना देखी नै राजधानी भित्र खुल्ला रुपमा नदेखिएका नेकपाका गतिविधि पछि समयमा राजधानीमा बाक्लो उपस्थित हुन लागेको बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार