logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

सामाजिक फाशिवाद र राष्ट्रघात बिरुद्ध ऐतिहासिक जनएकता आवश्यक : नेता सिंह


  • राजनीति
  • आइतबार, मंसिर ८ २०७६

प्रतिबन्ध नेपाल कम्युनिस्ट पार्टी ले देशब्यापी छैटौं पार्टी स्थापना दिवश भव्यरुपमा सम्पन्न गरेकाे छ ।
अधुराे क्रान्ति पूरा गर्ने ऐतिहासिक संकल्प सहित जनमुक्ति सेना नेपालकाे स्थापना भएको दिनलाई अबसर पारेर तत्कालीन नेकपा माओवादी बाट बिद्रोह गरेकाे आज अर्थात मंसिर ८ गतेलाइ विप्लव नेकपाले पार्टीको स्थापना दिवशकाे रुपमा मनाउदै आएको छ ।

यसै बिच नेकपा पाल्पाले  रैनादेवी गाउपालिका छहरामा छैटौं पार्टी स्थापना दिवश कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त कार्यक्रम लाई सम्बाेधन गर्दै नेपाल कम्युनिस्ट पार्टी का युवा नेता तथा जिल्ल इन्चार्ज पुर्ण बहादुर सिंहले नेपाली क्रान्तिकाे ऐतिहासिक कार्यभार पूरा गर्न पार्टी अग्रिम भुमिका मा रहेकाे बताए ।

उनले यस दिनलाई सबै श्रमजीवीका लागी नया युगको शंखघोष भएको दिन , दलाल सत्ता विरुद्ध धावा बोलेको दिनका भएको बताए । सबै खालका जनघात राष्ट्रघात बिरुद्ध नेपाली जनतामा ऐतिहासिक एकता जरुरी भएको बताउदै विप्लव नेतृत्वको नेकपाले मात्रै उक्त जिम्मेवारी पूरा गर्ने दावी गरे ।

मंसिर ७ गते साझ जिल्ला ब्यापि दिप प्रज्वलन र आज स्थापना दिवशकाे अबसरमा कार्यक्रम सम्पन्न भएको बताइएको छ । कार्यक्रममा जिल्ला सेक्रेटरी भुवन सहितका जिल्ला नेताहरुको उपस्थिति रहेको नेकपा पाल्पाले जनाएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार