राजनीति
नेत्र बिक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीले सत्तारुढ नेकपाका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महरा प्रकरण बारे धारणा सार्वजनिक गरेको छ ।
नेकपाको छैटौं पुनर्गठन दिवसको अवसरमा रातोखबरलाई विशेष अन्तर्वार्ता दिँदै विप्लवले भनेकाछन, ‘म ठोकेर भन्छु, महरा मामिला केवल नैतिक र महिलाको मामिला मात्र भएन । सम्भोगलाई राजनीतिक मामिला बनाए जस्तो लाग्छ ।’
रातोखबरले पूर्वसभामुख कृष्णबहादुर महरा र सांसद मोहमद अफ्ताव आलमका विरुद्ध भएको कारबाहीबारे सोधेको प्रश्नमा विप्लवले भनेकाछन, ‘यो अलि फरक र संवेदनशील विषय छ । महराले निजी जीवनमा गरेका कमजोरी के हुन्, महिलाले नै भनेपछि अरूले धेरै बोल्ने कुरा भएन तर म ठोकेर भन्छु महरा मामिला केवल नैतिक र महिलाको मामिला मात्र भएन । सम्भोगलाई राजनीतिक मामिला बनाएको जस्तो लाग्छ ।’ विप्लवले पूँजीवादी पार्टीहरूभित्र यस्ता सम्बन्ध नहुने कमै हुने विप्लवले बताएका छन ।
चिनिया राष्ट्रपति सी जिनपिङको भ्रमणको बेलामा नै यसलाई उठाउनु, वली (प्रधानमन्त्री केपी शर्मा ओली)ले अमेरिकी कार्यक्रम एमसीसी रोक्ने महरा नै हो र गल्ती गरेका छन् भन्नु, प्रचण्डले अदालतमा रहेको मुद्दाबारे महराले नै गल्ती गरेका हुन् भनेर ठोकुवा गर्नु, यूएन, युरोपियन युनियनलगायतले वक्तव्य दिएर कारबाहीको माग गर्नु यसका दृष्टान्त हुन्’, भन्ने विप्लवको धारणा रहेको छ ।
नेकपा महासचिव विप्लवले आलमका विषयमा भने एक बाक्य बोल्दै ‘आलमविरुद्धको कारबाही एउटा क्रूर घटनामा प्रतिशोधी चाल मिसिएजस्तो लाग्छ । बाँकी त बुझ्दै जान सकिन्छ ।’ भन्ने तर्क गरेकाछन ।