logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

यि हुन, नेकपाको किल्ला ढाल्ने काङ्ग्रेसी कमान्डर


  • राजनीति
  • सोमबार, मंसिर १६ २०७६

भर्खरै सम्पन्न उप निर्वाचनमा सत्तारूढ नेकपालाइ आफ्नै किल्लाहरुमा ठुलो धक्का लागेको छ । चितवन देखी सुनसरी सम्मको परिणामले यस्तै बताएको छ ।

धरान उपमहानगरपालिकाको मेयरमा नेपाली काँग्रेसका उम्मेदवार तिलक राई विजयी भएका छन् ।

सोमबार सकिएको मतगणनाको नतिजाअनुसार नेकपाका उम्मेदवार प्रकाश राईलाई २७९५ सय मतले पछि पार्दै तिलक
काँग्रेसका तिलकले २६ हजार ७ सय ९ मत प्राप्त गरेका छन् भने नेकपाका प्रकाश राईले २३ हजार ९ सय १४ मत मात्र पाएका छन् । आधिकारीक घोषणा हुन भने बाँकी छ ।

२०७४ मा भएको स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट निर्वाचित तारा सुब्बाको निधन भएपछि धरानमा मंसिर १४ गते उपनिर्वाचन भएको हो ।

यसअघि, धरान उपमहानगरपालिकामा २० हजार ९७५ मत ल्याएर एमालेले चुनाव जितेको थियो । स्थानीय तहको निर्वाचनमा काँग्रेस उम्मेदवारले १६ हजार १०२ मत ल्याउँदा माओवादी उम्मेदवारले ११ हजार १८० मत ल्याएका थिए । एकीकरणपछि नेकपाको मत ३२ हजार १५५ हुनुपर्ने हो । तर, मतपरिणाम विपरित देखिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार