logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

८ दिन पछि पत्रकार आश गुरुङ रिहा


  • राजनीति
  • मंगलबार, मंसिर १७ २०७६

पत्रकार तथा राजनीति अनलाइनका सह सम्पादक आश बहादुर गुरुङ आज रिहा भएका छन । उनलाइन मंसिर ९ गते पोखराको रामबजार बाट सोधपुछको लागी भन्दै गिरफ्तार गरेरको थियो । उनि ८ दिनको हिरासत बसाइ पछि आज उच्च अदालतको आदेशमा रिहा भएका हुन ।

बिद्यार्थी राजनीति छाडेर करीब तीन वर्ष अघिदेखि पोखरामा स्वतन्त्र पत्रकारिता गरिरहेका युवा पत्रकार गुरुङलाई आज मध्यान्ह पोखरा-१० रामबजारस्थित उनकै घरबाट गिरफ्तार भएका थिए ।

पत्रकार आश तमु दुई वर्षदेखि राजनीति डट कममा सहसम्पादकका रुपमा कार्यरत छ्न । उनलाई बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी समर्थक पत्रकार भएको आशंकामा प्रहरीले गिरफ्तार गरेको हुनसक्ने बताइएको थियो ।

पत्रकारितामा क्षेत्रमा आउनु अघि उनी बिद्यार्थी राजनीतिमा सक्रिय थिए। तर पत्रकारितामा आएपछि उनि सम्पर्क स्वतन्त्र पत्रकारिता गर्दै आएका छन्।

तमु लामो समय देखी पोखराको पत्रकारिता जगतमा क्रियाशिल रहेका छ्न । उनि पोखरेली पत्रकारिता जगतका एक उदयमान पत्रकार हुन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार