logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

किन चाहान्छ अमेरिका नेपालसंग संयुक्त शैन्य अभ्यास गर्न ?


  • पत्रपत्रिका
  • शनिबार, मंसिर २१ २०७६

नेपालसँग सैन्य सहकार्य थप बलियो बनाउन अमेरिका इच्छुक देखिएको छ ।

सरकार स्तरको सहकार्य, संयुक्त सैन्य अभ्यास र नेपालमा अमेरिकी रक्षासम्बन्धी सहकार्य वृद्धिमा ध्यान दिएको अमेरिकी सहायक रक्षामन्त्री रन्डाल जी स्च्रिभरले बताएका छन् । प्रतिबद्धता जनाएको सहयोगमा कुनै कञ्जुस्याइँ नगर्ने उनको भनाइ छ । दुई स्काई ट्रक चाडै काठमाडौँ आइपुग्ने उनले बताए ।

‘नेपाल हाम्रो पुरानो मित्र र दक्षिण एसियामा स्थापित राष्ट्र हो । नेपालको राजनीतिक तथा आर्थिक अवस्था सुदृढीकरणले यस क्षेत्रमा थप भूमिका निर्वाह हुनेछ,’ हिन्द–प्रशान्त क्षेत्र हेर्ने सहायकमन्त्री स्च्रिभरले नेपाल भ्रमणका क्रममा राजदूत निवासमा केही सञ्चारकर्मीसँग भने,‘नेपालसँग अमेरिका थप सहकार्य गर्दै अघि बढ्न चाहेको छ ।

त्यो सुरक्षा, आर्थिक र अन्य सहकार्यलगायतमा छन् ।’ उनका अनुसार अमेरिकी स्टेट पार्टरसिप प्रोग्राम(एसपीपी) अन्तर्गत सेनासँग सहकार्य गर्ने विषयमा छलफल भइरहेको छ । बलियो नेपाल अमेरिकी चाहना रहेको उनको धारणा थियो । अन्नपूर्ण पाेष्ट दैनिकमा खबर छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार