logo बुधबार, कार्तिक २६ २०८३ | Wednesday 11th November 2026

चीन भ्रमणमा जाने तयारीमा रहेका नेकपा अध्यक्ष प्रचण्डको एकाएक किन भयो रद्द ?


  • राजनिती न्युज डेस्क
  • शनिबार, मंसिर २१ २०७६

पोखरा-चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा आगामी २४ मंसिरमा चीन भ्रमणमा जाने तयरीमा रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालको चीन भ्रमण एका एक् रद्द भएको छ । दाहालको नेतृत्वमा १० दिने भ्रमणको तयारीमा रहेको ६० सदस्यीय टोली विशेष कारण देखाएर भ्रमण रद्द भएको उनको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएको समयमा पार्टीको आन्तरिक कारण देखाउँदै भ्रमण रद्द भएको हो ।
दाहालको चीन भ्रमण टोलीमा पार्टी स्थायी कमिटी सदस्यहरूसमेत सहभागिता हुने तयारी थियो । १० भन्दा बढी स्थायी समितिका सदस्यहरू सहभागी हुने तयारी थियो । अब उनको भ्रमण पुनः दुई महिनापछि हुने र पार्टीमा छलफल गरी जाने नेकपाले जनाएको छ ।

दाहाल तीन दिन मात्रै चीनमा बस्ने र भ्रमण टोलीका बाँकी सदस्यहरू १० दिनसम्म बस्ने कार्यक्रम तय भएको थियो ।
चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण र दुई कम्युनिस्ट पार्टीबीच काठमाडौंमा भएको छलफलका क्रममा अध्यक्ष दाहाललाई चीन भ्रमणको निम्तो दिइएको थियो ।
दाहाल नेतृत्वको भ्रमण टोलीमा स्थायी समिति सदस्य भीम रावल, टोपबहादुर रायमाझी, रघुजी पन्तसहित नेताहरू प्रेम आले, यज्ञराज सुनुवार, भानुभक्त जोशीलगायतका नेताहरू जाने तयारी थियो । भ्रमण टोलीमा पार्टीका केन्द्रीय सदस्य र केही जिल्ला अध्यक्ष रहने कार्यक्रम तय भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार