राजनीति
नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारी सेतिमहाकाली ले भगाैडाहरुलाइ संगठनकाे नाम दिएर बदनाम नगर्न चेतावनी दिएका छन् ।
क्रान्तिकारी का केन्द्रीय सचिवालय सदस्य तथा सेती महाकाली संयाेजक बिरेन्द्र शाहले एक प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो संगठन काे नाममा अराजकता र अराजनिति कार्य बन्द गर्न भनेका छन् ।
विज्ञप्तीमा भनिएको छ ‘दलाल राज्यको प्रशासन र प्रहरी समक्ष आफू स्वतन्त्र हुने निवेदन सहित सरकारी नेकपाको संरक्षणमा आत्मसमर्पण गरेर रिहा भएका पदम काफ्ले लाई मिती ०७६-०७- ०८ गतेका दिन सङ्गठनको कैलाली जिल्ला अध्यक्ष र सम्पूर्ण जिम्मेवारी बाट अनिश्चित कालका लागि निलम्बन गरिएको थियो।’
विज्ञप्तीमा अगाडि भनिएकाे छ ‘ईमानदारी पुर्वक सङ्गठनको कार्वाही भोग्न र सङ्गठन विरोधी क्रियाकलापमा नलाग्न सचेत गराउदा पनि सङ्गठनको अध्यक्ष नै रहेको प्रचार गर्ने, जिल्ला स्तरका विद्यार्थीनेताहरुको बिचमा भ्रम सिर्जना गर्ने र भडाउने गतिविधिमा रहेका थिए र हाल आएर अखिल(क्रान्तिकारी) कैलालीको अध्यक्ष भनेर सरकारी नेकपामा प्रवेश गरेको कुरा आएको छ साथै फर्जी नामावली तयार गरि भ्रम सिर्जना गर्न खोजिएको छ।’
निज पदम काफ्ले लाई हिरासत बस्दा आत्मासमर्पण गरेकाे भन्दै सङ्गठनले कार्वाही गरेकाेे थियाे यस्तै विज्ञप्ति ले ‘पदम काफ्ले र एकदुई जना अराजक तत्त्व बाहेक अरु कोई कहिकतै नगएको कुरा सम्प्रेषण गर्दछौं र पदम काफ्लेको सङ्गठन बाट साधारण सदस्यता समेत खारेज गर्दै निष्काशन गर्दछौं। हाम्रो सङ्गठनको नाम जोडर यस्ता लज्जास्पद हर्कत नदोहोर्याउन सचेत गराउदछौ।’
संयाेजक शाहले स सङ्गठनका सम्पुर्ण कमरेडहरु लाई आत्मसमर्पणवादी, अराजक तत्वको भ्रममा नपरि आन्दोलनको मोर्चामा शसक्त रुपमा डटिरहनेे प्रतिबद्धता जनाएका छन् ।
काफ्लेलाइ संगठन ले कार्वाही गरे पश्चात् हिजाे मात्रै सत्तारूढ दल नेकपामा प्रवेश गरेका थिए । कार्वाही गरेका काफ्ले लगायतलाइ आपूर्ति मन्त्री लेखराज भट्टले साे दल नेकपा मा प्रवेश गराएका थिए ।
हेर्नुस् विज्ञप्ति