logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

गाउँपालिका प्रमुखको सवारीसाधनमा गए राति आ’गलागी


  • रासस
  • सोमबार, मंसिर २३ २०७६

पोखरा- रावाबेँसी गाउँपालिका प्रमुख लिलानाथ निरौलाको वडा नम्बर ५ दुवेकोलस्थित निवासमा रहेको बा २ झ ३५२४ नम्बरको सवारीसाधनमा गए राति आ’गलागी भएको छ । आ’गलागीका कारण सवारी जलेर ध्वस्तसमेत भएको छ ।

“म सुतिरहेको थिएँ, ब’म पड्किएको जस्तो ठूलो आवाज आयो”, उनले भने, “उठेर हेर्दा गाडीमा ठूलो आगोको मुस्लो दन्किरहेको थियो ।”

करिब दुई घण्टापछि हरमटारबाट गएको प्रहरी टोलीले आगो नियन्त्रणमा लिएको थियो ।प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्यायले खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक वामदेव गौतम नेतृत्वको टोली घटनास्थलमा खटाइएको र आवश्यक अनुसन्धान शुरु गरिएको जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार