राजनीति
२८ माघ काठमाडौँ । विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सुर्खेतमा रहेको जीएमआरको कार्यालयमा आक्रमण गरेको छ । आक्रमणवाट उक्त कार्यालय ध्वस्त भएको बुझिएको छ । नेपालको सम्पति र जल स्रोत माथी राष्ट्रघात भएकोमा बिरोध जनाउदै आएको ने क पाले बिदेशी शासकको स्वार्थ र नेपालका संसदबादी दलका नेताको आत्मसमर्पणको भण्डाफोर गर्दै नेपालको प्राकृतिक स्रोत र साधन कुनै पनि हालतमा विदेशीलाई सुम्पन नसक्ने बताउदै आएको थियो ।
बिगत देखिनै राष्ट्र , राष्ट्रियता र जनतालाई केन्द्र भागमा राखेर संघर्ष गर्दै आएको नेकपाले पार्टीको सोहि नीति अनुरुप जीएमआर माथि कारबाही गरेको बुझिएको छ । प्रहरीले जीएमआरको कार्यालयमाथि आक्रमण गरेको आरोपमा ने क पा का तिन जना कायकर्तालाई गिरफ्तार गरेको छ ।