पोखरा- नेपाली काङ्ग्रेसले “तेस्रो चरणको जागरण अभियान” सुरु गर्ने भएको छ। काङ्ग्रेसले यसअघि सकेको ३३० प्रदेशसभा निर्वाचन क्षेत्र केन्द्रीय जागरण अभियानबारे पनि समिक्षात्मक कार्यक्रम गर्ने भएको छ।
७५३ स्थानीय तह केन्द्रिय अभियान माघ १६ गतेदेखि २५ गतेसम्मचलाउने निर्णय बिहिबार बसेको केन्द्रीय समितिले गरेको मुख्यसचिब कृष्णप्रसाद पौडेलले जानकारी दिए।
प्रदेश नम्बर १ को धरान, २ को जनकपुर, ३ को भरतपुर, गण्डकीको दमौली, प्रदेश नम्बर ५ को तौलिहवा, कर्णालीको सुर्खेत र सुदुरपश्चिम प्रदेशको महेन्द्रनगरमा कार्यक्रम हुने उनको बताए।
बिहीबार बसेको बैठकमा सभापति शेरबहादुर देउवाले विभाग थप गरि गठन गर्ने प्रस्ताव गरेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल र पुर्वमहामन्त्री कृष्णप्रसाद सिटौला रुष्ट छन्।उनीहरुले बैठक नै बहिष्कार गरेका थिए।
काङ्ग्रेसले मग्सिर २९ गतेका लागि केन्द्रीय समिति बैठक डाकेको छ।