राजनीति
नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारीको काठमाडौ क्याम्पसले बिश्वबिधालय स्तरमा देखिएका शैक्षिक देखिएका बिकृतीका विरुद्ध संघर्ष गर्ने उद्धघोष गरेको छ । जिल्ला संगठनको २५ औं सम्मेलन सम्पन्न गर्दै उक्त्त घोषणा गरेको हो म
प्रतिबन्धका बाबजुद पनि काठमाडौ क्याम्पस जिल्लामा भब्य कार्यक्रम सहित जिल्ला सम्मेलन सम्पन्न गरेको क्रान्तिकारीले जनाएको छ ।
संगठनका लागी २५ औं जिल्ला सम्मेलन शैक्षिक दलालिकरण कलम र बिचारको प्रतिबन्ध विरुद्ध,हाम्रो सशक्त आन्दोलन, बैज्ञानिक समाजवादी शिक्षाप्रणाली र संगठन सुदृढीकरण” भन्ने मुल नाराका साथ सम्मेलन सम्पन्न भएको हो । काठमाडौको एक कलेजमा गत २७ गते सम्पन्न गरेको छ । क्रान्तिकारीका उपाध्यक्ष रुद्र भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको जनाएको छ ।
क्रान्तिकारीको २५ औं सम्मेलनले ताराको नेतृत्वमा २५ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको छ । जसको पदाधिकारीमा खगेन्द्र , बुद्ध ,बिशन क्रमशः उपाध्यक्ष,सचिव र कोषाध्यक्ष बनेको जनाएको छ ।
उद्घाटन र बन्दसत्र एकै दिन सम्पन्न गरेको क्रान्तिकारीको जिल्ला सम्मेलनमा नेकपा जिल्ला प्रतिनिधि,अखिल क्रान्तिकारीका कोषाध्यक्ष नरेन्द्र बिक, उपत्यका सयोजक हर्क बिक र केन्द्रिय सदस्य उषाकीरणको समेत उपस्थिति रहेको थियो ।