logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

पत्रकार कुटेको भन्दै ३ डिएसपी विरुद्ध मुद्दा दर्ता


  • राजनीति
  • बुधबार, पुष २ २०७६

हालै सम्पन्न तेह्रौँ दक्षिण एसियाली खेलकुद (साग) समापनका दिन समाचार संकलनका क्रममा आफ्ना खेल पत्रकारलाई कुट्ने तीन जना डिएसपीहरुलाई सजायको माग गर्दै नेपाल रिपब्लिक मिडिया प्रालिले  जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको छ।

नेपाल रिपब्लिक मिडिया प्रालिले सोह्रखुट्टे प्रहरी वृत्तका डिएसपी सन्तोषसिंह राठोर, महानगरीय प्रहरी वृत्त कालिमाटीका डिएसपी रुगम कुँवर र बालाजु प्रहरी वृत्तका डिएसपी बालनरसिंह राणालेबिरुद्ध मुद्दा दर्ता गरेको हो।

मिडियाको तर्फबाट मदन अर्याल प्रहरीबाट कुटिएका पत्रकार चापागाईंले दमनमा उत्रेका तीनै जना डिएसपीविरुद्ध मंगलबार कुटपिट मुद्दा दर्ता गरेको प्राप्त समाचारमा जनाइएको छ।  उनीहरुलाई तीन वर्ष कैद र ३० हजार रुपैयाँसम्म जरिवाना माग गर्दै मिडियाले मुद्दा दर्ता गरेको हो।

खेल समापनको दिन मङ्सिर २४ गते प्रहरीले दशरथ रंगशालाअगाडि दर्शक पिट्दै गरेको फोटो खिचेको भन्दै नागरिक दैनिकका खेल पत्रकार सुमन चापागाईं कुटिएका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार