logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

ओलीलाइ मध्यरातमा मोदीको फोन, भारत भ्रमण गर्नुस ! स्वागत गर्न आतुर छु

ओली बिहीबार माओवादीको समर्थनमा मुलुकको ४१ औं प्रधानमन्त्री नियुक्त


  • राजनीति
  • शुक्रबार, फाल्गुन ४ २०७४

काठमाडौं । भारतीय समकक्षी नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाइ तथा शुभकामना दिएका छन् । बिहीबार राति साढे १० बजे मोदीले टेलिफोन गरेर प्रधानमन्त्री ओलीलाई सफल कार्यकालको शुभकामना दिएका हुन् ।

मोदीले ओलीलाई भारत भ्रमणको निम्तो दिँदै आफू स्वागतका लागि आतुर रहेको बताए । यसैगरी नेपालको विकासका लागि भारतले सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि मोदीले व्यक्त गरेका छन् ।

ओली प्रधानमन्त्री बनेलगत्तै मोदीले नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरी मार्फत शुभकामना पत्र पठाउँदै प्रधानमन्त्री ओलीको नेतृत्वमा नेपालमा आर्थिक विकास र समृद्धि हासिल हुने विश्वास व्यक्त गरेका थिए ।

भारतीय विदेशमन्त्री सुस्मा स्वराजले पनि प्रधानमन्त्री ओलीलाई बिहीबार नै टेलिफोन गरेर सफल कार्यकालका लागि शुभकामना दिएको ओलीको सचिवालयले जनाएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिहीबार माओवादीको समर्थनमा मुलुकको ४१ औं प्रधानमन्त्री नियुक्त भएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार