logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

माओवादीले देश बिगारो “प्रचण्ड कुरौटे र भरौटे हुन्, निषेध गरेर अगाडि बढ्‍नुपर्छः” पूर्व प्रधान सेनापति कटवाल


  • राजनीति
  • शनिबार, फाल्गुन ५ २०७४

काठमाडौँ । नेपाली सेनाको पूर्वप्रधानसेनापति रुकमाङ्गत कटवालले केही दिन पहिला एउटा टेलिभिजनलाई दिएको अन्तरवार्ता अहिले आएर भाइरल भएको छ ।

नेपाली सेना राजनीतिक भन्दा टाढा भएको संस्था हो तर कटवाल पदमा बहाल हुँदा नै राजनीतिक अभिव्यक्ति दिँदै आएका थिए । विभिन्न संचारमाध्यम र सार्वजनिक कार्यक्रममा कटवाल नेताहरुप्रति कडा टिप्पणी गर्दै आएका छन् । उनले माओवादी नेताहरुलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा विभिन्न आरोप लगाउँदै आएका छन् । त्यसमा पनि विशेषगरी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको त झन् खेदो नै खन्छन् । उनले कतिपय ठाउँ र मंचमा नामै लिएर गाली गर्छन् त कतिपय अवस्थामा घुमाउरो रुपमा राजनीतिक भाषामा गाली गर्दै आएका छन् ।

पूर्वप्रधानसेनापति कटवालले अहिलेको राजनीतिक व्यवस्थाविरुद्ध पनि अभिव्यक्ति दिँदै आएका छन् । उनले गणतन्त्र पक्षधर सबै दलहरुलाई गाली गर्छन् त्यसमा सबैभन्दा बढी माओवादीलाई प्रहार गर्छन् । नेपाल राज्य र समाज, परम्परा इत्यादी एउटा ठूलो चौबाटोमा बताउँदै गएर बसिरहेको बताउँदै कटवालले त्यसले आफ्नो गन्तव्य पहिल्याउन सकेको नसकेको बताएका छन् । उनले २१ औं शताब्दीमा नेपाल कसरी चिनिने भन्ने ठूलो प्रश्नचिन्ह खडा भएर बसिरहेको बताए । नेपालको हित र जनताको लागि राजसंस्था अपरिहार्य भएको कटवालले बताए ।

कटवालले संघीयताबारे पनि बोलेका छन् । उनले धेरै खर्चालु व्यवस्था भएको बताउँदै संघीयताप्रति असहमति जनाए । राष्ट्रको अर्थतन्त्रले संघीयताले धान्न नसक्ने तर्क गरे । उनले घुमारो भाषामा माओवादीले देश विगारेको बताए । माओवादी नेताहरुलाई काइते,कुरौटे भरौटे भन्दै निषेध गरेर अगाडि बढ्नु पर्ने बताए । नेकपा एमालेले माओवादी केन्द्रसँग पार्टी एकता नगरेरै सरकार गठन गरेकोले निषेध गरेरै अगाडि बढ्ने सम्भावना रहेको बेला कटवालका भनाई भाइरल भएको हो । अनलाईन डवलीमा समाचार छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार