logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

बामदेवका लागि उपाध्यक्ष पद सिर्जना, के शक्तिशाली भएकै हुन त गाैतम ?


  • राजनीति
  • आइतबार, पुष ६ २०७६

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रमा मात्र उपाध्यक्ष रहने भएको छ । साथै सचिवालय पनि विस्तार नहुने भएको छ ।

बिहीबारबाट सुरु भएको नेकपा स्थायी कमिटी बैठकमा केन्द्रमा उपाध्यक्ष पद सिर्जना गर्ने र बामदेव गौतमलाई जिम्मेवारी दिने प्रस्ताव पेश भएको थियो ।

तर, नेताहरुले केन्द्रमा उपाध्यक्ष राख्ने हो भने अरु कमिटीमा पनि राख्नुपर्ने माग गरेका थिए । ९ सदस्यीय सचिवालय विस्तारको माग पनि उठेको थियो ।

नेताहरुले उठाएका प्रश्नको शनिबार जवाफ दिएका प्रचण्डले दुबै माग अस्वीकार गरेका छन् ।

‘अध्यक्षले उपायक्ष केन्द्रमा मात्र राखौं, अन्त अहिले हुन्न भन्नु भएको छ’ एक स्थायी कमिटी सदस्यले भने, ‘सचिवालय विस्तार पनि अहिले गर्न सकिन्न भन्नुभयो ।’

यद्यपि छिट्टै केन्द्रीय कमिटी बैठक बोलाइने भन्दै उनले त्यहाँ यसबारे छलफल गर्ने आश्वासन दिएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार