logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

आइफोन कसकाे ? प्रधानमन्त्रीकाे ट्विट ह्याक गर्ने ?


  • पत्रपत्रिका
  • आइतबार, पुष ६ २०७६

प्रधानमन्त्री केपी ओलीकै ट्वीटर अकाउन्ट असुरक्षित भएको खुलेपछि प्रहरीले गम्भीर अनुसन्धान सुरु गरेको छ ।

प्रधानमन्त्रीको ट्वीटर अकाउन्ट दुरुपयोगले एकाएक जटिल रुप लिएपछि घटना अनुसन्धानको जिम्मा नेपाल प्रहरीले लिएको हो । ट्वीटर अकाउन्ट दुरुपयोग सम्बन्धमा प्रधानमन्त्रीको सचिवालयका कर्मचारीमाथि समेत अनुसन्धान गर्नुपर्ने भएकाले नेपाल प्रहरीलाई जिम्मा लगाइएको हो ।

घटना सम्बन्धमा नेपाल प्रहरीअन्तरगतको साइबर ब्युरोले अनुसन्धान गरिरहेको छ । प्रधानमन्त्रीका आइटीविज्ञ अली असगरले शनिबार बिहान ११ बजे नै घटना सम्बन्धमा अनुसन्धान गर्न सम्पूर्ण डाटा ब्युरोलाई जिम्मा लगाइएको बताए । प्रधानमन्त्रीको ट्वीटर ह्यान्डल प्रधानमन्त्री बाहेक सञ्चारविज्ञ रामशरण बजगाईंले चलाउँछन् ।

त्यसबाहेक ट्वीटरको पासवर्ड प्रमुख सल्लाहकार विष्ण रिमाल र आइटीविज्ञ अली असगरलाई थाहा छ । उनीहरुबाट ट्वीटर दुरुपयोग भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छैन । तर, प्रहरीको अनुसन्धानले सचिवालयभित्रकै उक आइफोनबाट ट्वीटर दुरुपयोग भएको देखाएको छ । आजको नयाँ पत्रिकामा खबर छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार