logo बुधबार, कार्तिक २६ २०८३ | Wednesday 11th November 2026

पार्टी बिरुद्ध सुराकी र भ्रष्टाचार गरेपछि अध्यक्ष नियन्त्रणमा लिएका हाै : विप्लव नेकपा


  • राजनीति
  • आइतबार, पुष ६ २०७६

गएराती दैलेखको ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीलाई विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नियन्त्रणमा लिएको छ । शनिबार राति अध्यक्ष शाहीलाई उहाँकै घरबाट ने.क.पा दैलेखले नियन्त्रणमा लिएको स्रोतले जनाएको छ । अध्यक्ष शाहीलाई पार्टीका बिरुद्ध सुराकी गरेको र गाउँपालिकाको बजेटमा व्यापक अनियमितता र भष्ट्रचार गरेको कारण गिरफ्तार गरिएको पार्टी स्रोतले बताएको छ ।

अध्यक्ष शाहीलाई लिन जाँदा उहाँको श्रीमती सँगै हिँडेको तर पछि बाटोमा नै छोडिदिएको ने.क.पा दैलेख जनाएको छ । ने.क.पा. श्रोतले भन्यो, ‘हामीले शाहीको श्रीमतीलाई नियन्त्रणमा लिएको होईन उहाँ नै श्रीमानसँग जान्छु भनेर जबर्जस्ती हिड्नु भएको हो,उहाँलाई बाटोमा नै छोडी सकिएको छ ।’

जिल्ला प्रहरी कार्यालय दैलेखले अध्यक्ष शाहीको खोजीका लागि विशेष फोर्स परिचालन गरेको बताएको छ ।अध्यक्ष शाहीलाई सोधपुछका लागि नियन्त्रणमा लिएको स्रोतको दाबी छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार