logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

राष्ट्रपति ‘महारानी’ बन्न खाेज्नु भयाे : नेता रावल


  • राजनीति
  • सोमबार, पुष ७ २०७६

धुम्बाराहीमा नेकपा सचिवालय काे  बैठक चलिरहेको छ । तर बैठक चलिरहदा यता शितलनिवासकाे ध्यान उक्त बैठकले तानेपछि दाेस्राे बरियताका नेताहरु बाेलायर राष्ट्रपतिले छलफल गरिन ।

यस भेटलाइ लियर धुम्वाराही निकै तात्याे । अध्यक्ष प्रचण्ड बैठकमा निकै क्रु’द्ध भएका समाचार हरु बाहिरिए ।

राष्ट्रपति कार्यालयबाट खाना खाएर नेताहरु धुम्बाराहीमा पुग्दा स्थायी कमिटीको बैठक सुरु भइसकेको थियो । पार्टी नेतृत्वलाई जानकारी नै नदिई बैठकै छाडेर राष्ट्रपतिलाई भेट्न जानु विधि र प्रक्रियाविपरीत कार्य भएको भन्दै अध्यक्ष प्रचण्डले नेताहरुको आलोचना गरेका थिए ।

तर, यो भेट पहिले नै तय भएको भन्दै बैठकमा आउन ढिलो भएकामा कमजोरी हुन पुगेको नेताहरुले स्पष्टीकरण दिएपछि प्रचण्डले चित्त बुझाए । तर, भीम रावल र रघुजी पन्त लगायतका नेताहरुले राष्ट्रपति राजनीतिमा उत्रिएको भन्दै कडा आपत्ति जनाए ।

राष्ट्रपतिले राजनीति गर्न खोजेको र ‘महारानी’ बन्न खोजेको भन्दै धुम्बाराही बैठकमा शीतलनिवासको चर्को आलोचना भएको स्रोतले बतायो ।

एकातिर राष्ट्रपतिले नेकपा नेताहरुलाई बोलाएर सरकार र पार्टीको काममा चासो राख्नु, अर्कोतर्फ नेकपा नेताहरुबाटै राष्ट्रपतिलाई ‘महारानी’ को आरोप लाग्नुले अब दुई तिहाइ बहुमतवाला नेकपा सरकार अन्तरविरोधको गहिरो भासमा धकेलिन थालेको कतिपय नेताले विश्लेषण गर्न थालेका छन् ।

राष्ट्रपतिले नेकपाका नेताहरुसँग राजनीतिक भेटघाट गर्दा आप’त्ति जनाउनुको कारण के हो भन्ने प्रश्नमा नेकपा नेता भीम रावलको प्रतिक्रिया यस्तो छ-

‘नेपालको संविधानको संरक्षक राष्ट्रपतिलाई भनिएको छ । संविधानको संरक्षक भन्नुको अर्थ, संविधानको मर्यादा सबैले पालना गरुन्, त्यसको सबैले अवलम्वन गरुन् भन्ने हो । अब स्वयं राष्ट्रपतिले नै नेपालको संविधानमा उहाँलाई जे अधिकार दिइएको छ, त्योभन्दा बाहिर गएर राजनीतिक दल, दलभित्र पनि गुटबन्दीमा प्रवेश गर्ने, संविधानले दिएको मर्यादाको हेक्का नराख्ने र राजनीतिकरुपमा सक्रिय हुन खोज्ने, त्यस्तो देखाउनु भनेको चिन्ताको विषय हो ।

राष्ट्रपतिप्रति मेरो धेरै ठूलो सम्मान छ । उहाँलाई राष्ट्रपतिको निर्वाचनका बेलामा उहाँ हुनुपर्छ भनेर मतदान गर्ने मान्छे हुँ म । त्यसकारण उहाँ त हामी सबैको राष्ट्रपति हो नि । उहाँको पदीय मर्यादा विपरीत जे गतिविधिहरु भइरहेका छन्, यो पछिल्लो बैठक, त्यसैको श्रृंखला हो, कडी हो ।

त्यसकारण, मेरो चिन्ता नेपालको संविधानले दिएका अधिकार र मर्यादाको सबैले पालना गरौं । राष्ट्रपतिले त झन् सबभन्दा बढी संरक्षकको हैसियतले त्यसको पालना गर्नुपर्छ । तर, त्यसो भएको देखिएन, यो चिन्ताको विषय हो । यसले प्रणालीलाई कमजोर बनाउँछ । राष्ट्रपतिको मर्यादा र त्यसको गरिमालाई घटाउँछ भन्ने मेरो भनाइ हो ।

मैले यही मान्यतामा उभिएर हिजो (शनिबार) स्थायी कमिटीको बैठकमा जब अध्यक्ष (प्रचण्ड) स्वयंले त्यसप्रति आ’पत्ति जनाएर आफ्नो विचार राख्नुभयो । मैले अध्यक्षको भनाइलाई समर्थन जनाएको हुँ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार