logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

राष्ट्रियता लगायतका बिषयमा नेकपा गंभिर नभएको भन्दै भिम रावलले बुझाए १० बुदे ‘नाेट अफ डिसेन्ट’


  • राजनीति
  • सोमबार, पुष ७ २०७६

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रभावशाली नेता तथा पुर्व गृहमन्त्री भिम रावलले करिव १० दिन लामाे चलेको सचिवालय बैठकमा आफ्नो तर्फबाट ‘नाेट अफ डिसेन्ट’ लेखेका छन् ।

बैठकको अन्तिम दिन अर्थात आइतबार बैठक सुरु भएको केहीबेरमै रावलले मेरो ‘नोट अफ डिसेन्ट’ छ भनेर बोल्ने समय मागे। उनले ‘नोट अफ डिसेन्ट’ छ भन्दा अरु सदस्यले अचम्म मानेका थिए।

रावलले समय मागेपछि उनलाई बोल्न दिइयो। र उनले १० बुँदे ‘नोट अफ डिसेन्ट’ पढेर सुनाए। त्यसपछि दाहाल बोले। ‘नोट अफ डिसेन्टमा सबै सहमत भएको र मतभेद नै नभएको कुरा पनि लेख्नु भएछ। त्यसलाई ‘नोट अफ डिसेन्ट’ भन्न मिलेन। दोस्रो, तपाईंहरुले उठाएका केही विषयमा छलफल गर्दैछौं। सचिवालयमा पनि कुरा गर्छौं। केन्द्रिय समिति बैठकसम्म पुग्दा तपाईंले उठाएका विषयमा कुनै पहलकदमी भएन भने छुट्टै कुरा। तर, अहिले चाहीँ किन नोट अफ डिसेन्ट भनेर राख्नु पर्‍यो?’ दाहालले रावललाई भने।

त्यसपछि रावलले आफ्नो ‘नोट अफ डिसेन्ट’ लाई दस बुँदे सुझावको रुपमा अध्यक्ष दाहाललाई बुझाएका थिए। उनले राष्ट्रियता र १९५० को सन्धिलगाएतका विषय नोट अफ डिसेन्टमा लेखेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार