logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

नेकपाका नेता ‘बिरजङ्ग’ सहित २१ जना जेल चलान


  • राजनीति
  • सोमबार, पुष ७ २०७६

नेत्र बिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिट्ब्युरो सदस्य चन्द्र बहादुर चन्द ‘बिरजङ्ग’ सहित  गिरफ्तार राप्तीका नेताहरु जेल चलान भएकाछन। गत असोज ३१ गते दाङको बिकट क्षेत्र बाट गिरफ्तार परेका उनिहरुलाइ लामो समय सम्म हिरासतमा राखेको थियो  । आज जिल्ला अदालतले जनही १५ हजारका दरले धरौटी माग गरेको भएता पनि पुन गिरफ्तार हुने निश्चित भएपछि धरौटी नतिरी जेल गएको नेकपाले जनाएको छ ।

दाङ देउखुरी जिल्ला अदालतले जिल्लाको राजपुरबाट पक्राउ परेका विप्लव नेकपाका केन्द्रीय सदस्य एवम् मध्यपश्चिम ईन्चार्ज चन्द्र बहादुर चन्द बिरंजग सहितका २१ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

दालतको धरौटी मागको आदेशलाई विप्लव नेता कार्यकर्ताले बुझाउन नसक्ने भन्दै कारागार चनाल भएका हुन्। उनीहरूले अदालतमा बुझाउन नसक्ने बेहोराका कागज समेत गरिदिएका छन्। धरौटी नबुझाएमा फैसला नहुँदासम्ममा उनीहरू कारागारमै बस्नु पर्ने छ। उनीहरूलाई जिल्ला कारागार घोराहीमा राख्न आदेश दिइएको श्रेष्तेदार जोशीले बताए।

यो आदेशलाई उनीहरूले इन्कार गर्दे धरौटी रकम र आवश्यक कागजात बुझाउन नसक्ने अदालतमा कागज गरेर कारागार बस्ने निर्णय गरेको जोशीले बताए। धरौटी बुझाएर छुटेमा पुन पक्राउ पर्ने भएका कारण कारागारमा बस्ने निर्णय भएको हुन सक्ने आकलन भएको छ।

जिल्ला न्यायाधीश रितेन्द्र थापाको इजलाशले १५÷१५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियोे । नेताहरु चन्द्रबहादुर चन्द, केशबहादुर बाँठालगायत २१ जना राजपुरको मगराइनाबाट पक्राउ परेका थिए ।

अदालतले आदेश दिए पनि पुनः पक्राउ गर्ने संभावना देखेपछि नेकपाका नेताहरु धरौटी नबुझाएर कारागार गएका छन् ।

नेकपाको ब्युरो स्तरको शान्तिपुर्ण कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेर गिरफ्तार गरेको थियो

असोज ३० गते मध्य रातमा दाङ जिल्लाको राजपुर गाउँपालिकाको वडा नम्बर ४ मा रहेको जंगलबाट पक्राउ गरि दाङमा राखिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार