logo बुधबार, कार्तिक २६ २०८३ | Wednesday 11th November 2026

काठमाडौँबाट ९७ चिनियाँ नागरिकलाई पक्राउ

ओभरस्टे, वित्तीय अपराध र ह्याकिङको आशंकामा


  • राजनिती न्युज डेस्क
  • सोमबार, पुष ७ २०७६

ओभरस्टे, वित्तीय अपराध र ह्याकिङको आशंकामा प्रहरीले काठमाडौँबाट ९७ चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्युरोको नेतृत्वमा प्रहरीले बालाजु, महाराजगञ्ज र बुढानीलकण्डमा रहेका घरमा छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो।

ब्युरोका डीआईजी निरजबहादुर शाहीले चिनियाँ नागरिकहरुको गतिविधि समेत शंकास्पद देखिएपछि उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए।नियन्त्रणमा लिइएका ९७ जनालाई सोमबार राति वृत्तहरु र परिसरमा राखेर थप सोधपुछ गरिने प्रहरीले जनाएको छ।ब्युरोका डीआईजी शाहीले चिनियाँहरुबाट सामान्य अवस्थामा भन्दा धेरै ल्यापटप र मोबाइल बरामद भएको जानकारी दिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार