राजनीति
नेपाल कम्युनिष्ट पार्टीले कालिकोटका विभिन्न कार्यक्रम गरिरहेको छ । सरकारले प्रतिबन्ध लगाएको बताए पनि कालिकोटमा खास प्रभाव देखिएको छैन । नेकपाले जिल्लाभर नै कार्यक्रमहरुलाइ नियमित रुपमा संचालन गर्दै आएको छ ।
शुक्रबार मात्रै नेकपाले शुभकालिका – २ मा आमसभा गरेको थियाे । कार्यक्रममा सामाना साँस्कृतिक परिवारको पनि सहभागिता थियो । जनमसभामा ठूलो मात्रामा जनसहभागता देखिन्छ । कलाकारहरुले प्राय सबै कार्यक्रममा “चमचम गर्ने खुकुरी….. बोलको गित प्रस्तुत गर्ने नेकपा कालिकोटले जनाएको छ ।
यस्तै जनसास्कृतिक महासंघकाे केन्द्रिय टाेली सामना परिवारले नेकपा का प्रबक्ता प्रकाण्डकाे गाउँ माल्काेटमा एक भब्य जनसभा सम्पन्न गर्याे । हजाराै जनताकाे सहभागिताले पार्टी प्रतिबन्धित हाेइन खुल्ला माेर्चाकाे अग्रभागमा छ भन्ने झल्काएकाे छ ।
यस्तै साेमबार मात्रै जिल्ला कै कुमलगाउमा जनसभा सम्पन्न गरेको नेकपा कालिकोट ले जनाएको छ। अहिले सामना परिवार पश्चिम नेपालका बस्ती मा प्रकृति सग जुध्दै जनतालाइ गितसंगितकाे माध्यम बाट सुसुजित गरिरहेकाे छ ।
फाेटाे Mbstuphan shing फेसबुकबाट