logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

गिरफ्तारी विरुद्ध सडकमा जाने नेकपाको चेतावनी


  • राजनीति
  • आइतबार, फाल्गुन ६ २०७४

राष्ट्रिय युवा जनस्वयंसेबकको तेस्रो राष्ट्रिय सम्मेलनको शान्तिपूर्ण कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ । सम्मेलनको शान्तिपूर्ण कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेकोमा नेकपाले घाेर आपत्ति जनाएको छ । नेकपाका प्रवक्ता प्रकाण्डले त्यस्तो हर्कत नगर्न प्रहरी प्रशासनलाई कडा चेतावनी दिएका छन ।

प्रवक्ता प्रकाण्डले शान्तिपूर्ण कार्यक्रममा प्रहरी हस्तक्षेप , दमन र घेराबन्दीले पार्टीलाई आक्रोशीत बनाएको बताएका छन । उनले सरकारलाई यस्तो हर्कत तकाल बन्द गर्न चेतावनी समेत दिएका छन । अन्यथा सरकारको हस्तक्षेपकारी दमन बिरुद्ध जनता सडकमा उत्रने र त्यसवाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सरकार स्वयंले लिनु पर्ने उनले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार