logo मंगलबार, साउन १९ २०८३ | Tuesday 4th August 2026

उपेन्द्र यादवले गरेको प्रस्तावमा के थियो ? जसले प्रम ओली सङ्ग भनाभन् पछी राजीनामा निम्त्यायो ?


  • पत्रपत्रिका
  • मंगलबार, पुष ८ २०७६

पोखरा- मन्त्रिपरिषद्को सोमबारको नियमित बैठक सकिएपछि उपप्रधानमन्त्री एवम् कानुनमन्त्री उपेन्द्र यादवले भने, ‘प्रधानमन्त्रीज्यू ! मेरो एउटा प्रस्ताव छ।’ प्रधानमन्त्री केपी ओलीले भने, ‘के प्रस्ताव ?’ मन्त्री यादवले बन्द खाम झिकेर टेबुलमा राख्दै भने, ‘यो संविधान संशोधन प्रस्ताव हो। म यहाँ पेस गर्दछु।’

एकाएक ठाडो प्रस्ताव आएपछि प्रधानमन्त्री ओली जंगिए। प्रधानमन्त्रीलाई उधृत गर्दै ती मन्त्रीले भने, ‘संविधान संशोधन प्रस्ताव जति बेला मन लाग्यो त्यति बेला ल्याउने हो ? एउटाले ल्याएर हुन्छ ? संशोधन एउटा मन्त्रीले भनेर हुन्छ ? जसले जसरी जुन बेला ल्याए पनि हुने, यही हो विधि ? संविधान संशोधन गर्न राजनीतिक सहमति चाहिँदैन ?’ यति भनेर प्रधानमन्त्री ओली बैठकबाट बाहिरिएको ती मन्त्रीले जानकारी दिए।

प्रधानमन्त्रीले यादवको प्रस्ताव ठाडै इन्कार गरेपछि केहीछिन भनाभन चल्यो। त्यही विवादले अन्तत : समाजवादी पार्टीको सत्ता बहिर्गमनको अवस्था निम्त्याएको छ। मंगलबार बिहान समाजवादी पार्टीको पदाधिकारी बैठकले सरकार छाड्ने निर्णय गरेको हो।

प्रधानमन्त्री ओलीले मंसिर ४ गते समाजवादी पार्टीका अध्यक्ष यादव विदेश भएका बेला सुटुक्क उनले सम्हाल्दै आएको मन्त्रालय खोसेर कानुन मन्त्रालयमा सरुवा गरिदिएका थिए। त्यसै गरी समाजवादीबाट एउटा राज्यमन्त्री खोसिएको थियो।

पछिल्लो समय नेकपा राजपासँग नजिक भएका छन्। माघ ९ मा हुन लागेको राष्ट्रिसभा निर्वाचनका लागि राजपा र नेकपाबीच तालमेल भइसकेको छ। बालुवाटारमा दुई बुँदे सहमति गर्दै नेकपाले राजपासँग सहकार्य अगाडि बढाएको हो।

समाजवादी पार्टी आवश्यकताका आधारमा संविधान संशोधन गर्ने सहमतिसहित सरकारमा गएको थियो। संघीय समाजवादी र नयाँ शक्तिबीच एकीकरण भएपछि यसबारे प्रधानमन्त्रीसँग छलफल गर्ने तयारी थियो।

नेकपाले समाजवादी पार्टीसँग सहकार्यका लागि सहमति गरेको केही सातामै उपेन्द्रको बहिर्गमनलाई राजनीतिक वृत्तमा महत्वपूर्ण रुपमा हेरिएको छ। यसले प्रतिनिधिसभाको उपसभामखु, प्रदेश २ को मुख्यमन्त्रीसम्म राजपाको पोल्टामा पर्न शंक अंकगणित तयार हुनेछ।

उपेन्द्र यादवलले आजै सरकार छोड्ने
उपेन्द्रको बहिर्गमनसँगै संघीय सरकारमा एक मन्त्रालय र प्रदेश २ मा मुख्यमन्त्री राजपालाई दिने गरी प्रस्ताव सरकारले राजपा नेतृत्व छलफल सुरु गर्नेछ। छिटै राजपा सरकारमा सहभागी हुनेछ।

संविधान सुधार तथा संशोधनका लागि विज्ञ समिति गठन गर्नका लागि यादवले संविधान संशोधन प्रस्ताव तयार गरेका थिए। उक्त प्रस्तावलाई प्रधानमन्त्री ओलीले ठाडै अस्वकार गरेका थिए। यही विषयलाई उपेन्द्रले सरकार छोड्ने विषय बनाएका छन्।

अन्नपुर्ण पोष्टबाट साभार

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार