राजनीति
आज विश्व कम्युनिष्ट आन्दोलनका अग्रज एवं महान व्यक्तित्व क.माओको १२७औं स्मृति दिवस हो। यसै अवसरमा विश्वका कम्युनिष्ट विचारधारा अंगाल्नेहरुले विभिन्न कार्यक्रमको आयोजना गरेर उनलाई स्मरण गरिरहेका छन्।
सत्तारूढ दल नेकपा (नेकपा) का नेता पुर्व मन्त्री तथा पुर्व जनमुक्ति सेनाकाे कमाण्डर जनार्दन शर्माले माओलाई स्मरण गर्दै नेतृत्व जनताप्रति उत्तरदायी हुने हो भने केही वर्षभित्रै नेपालको विकास सम्भव हुने प्रतिक्रिया दिएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज १२७ औं माओ जयन्ती। अध्यक्ष माओप्रति हार्दिक श्रद्धासुमन। माओ कति दुरद्रष्टा हुनुहुन्थ्यो भन्ने कुरा उहाँले चीनको बारे गरेको परिकल्पनाले स्पष्ट गर्दछ। नेतृत्व जनताप्रति उत्तरदायी हुने र इमानदार बन्ने हो भने हामी पनि हाम्रो राष्ट्रको बिकास केही वर्षमै उन्नत स्तरमा पुर्याउन सक्छौ। समाजवादबारे माओ आफैले भन्नू भएको निम्न कुराहरूबाट हामी शिक्षा लिउ।’
यस्तो छ स्टाटस
आज १२७ औं माओ जयन्ती। अध्यक्ष माओप्रति हार्दिक श्रद्धासुमन। माओ कति दुरद्रष्टा हुनुहुन्थ्यो भन्ने कुरा उहाँले चीनको बारे गरेको परिकल्पनाले स्पष्ट गर्दछ। नेतृत्व जनताप्रति उत्तरदायी हुने र इमानदार बन्ने हो भने हामी पनि हाम्रो राष्ट्रको बिकास केही वर्षमै उन्नत स्तरमा पुर्याउन सक्छौ। समाजवादबारे माओ आफैले भन्नू भएको निम्न कुराहरूबाट हामी शिक्षा लिउ।
” अहिले जस्तो पुँजीवादी उत्पादनको ढाँचासम्म आइपुग्न उनीहरूलाई ३०० वर्ष लाग्यो। समाजवाद त पुँजीवादभन्दा थुप्रै पक्षबाट उन्नत व्यवस्था हो,त्यसैले पुँजीवादले भन्दा धेरै छिटो हामी हाम्रो देशको आर्थिक विकास गर्नेछौं। तर चीनको जनसंख्या ठुलो छ, हाम्रा स्रोतसाधनहरु दुर्वल छन् र हाम्रो अर्थव्यवस्था पछौटे छ। त्यसो भएकोले मेरो ठम्याइमा विकसित पुँजीवादी राष्ट्रको दाँजोमा हाम्रो उत्पादन शक्तिको तीव्र विकास गरेर उनीहरूको हाराहारीमा पुग्न र उछिन्न १०० वर्षभन्दा कम समयमा सम्भव छैन। यदि त्यसको लागि केहि दशक अर्थात् केहि अनुमान लगाएजस्तो ५० वर्ष मात्र लाग्यो भने त त्यो धेरै राम्रो कुरा हुन्छ। त्यसको धर्ती र स्वर्गमा प्रशंसा हुन्छ। तर कमरेडहरुलाई सल्लाह दिन्छु कि समस्याका बारेमा गहिरिएर सोच्नुपर्दछ र त्यसको दीर्घकालीन निदानका बारेमा पनि सोच्नुपर्दछ। पुँजीवादी अर्थव्यवस्था निर्माण गर्ने ५० या १०० वर्ष लाग्दा के आपत्ति छ र ? आउँदो ५० या १०० वर्ष संसारको सामाजिक व्यबस्थामै आधारभूत रुपमा फेरबदल हुने युग हुनेछ,त्यसलाई पृथ्वी नै हल्लाउने समयावधि भन्न सकिन्छ,त्यससँग बितेको युगको तुलना हुन सक्दैन।”