logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

एमसीसी विरुद्ध नेकपाको देशब्यापी संघर्षको घोषणा


  • राजनीति
  • शनिबार, पुष १२ २०७६

नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले एमसीसी सम्झौताको विरुद्ध देश ब्यापी संघर्षका कार्यक्रम घोषणा गरेको छ । एमसीसीको विरोधमा पुस १४ गतेदेखि पुस २० गतेसम्म देशव्यापी चरणबद्ध संघर्ष घोषणा गरेको छ ।

संयुक्त राज्य अमेरिकाद्वारा नेतृत्व गरिएको हिन्द–प्रशान्त रणनीतिको अङ्गका रूपमा रहेको ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ र नेपाल सरकारबीच भएको भनिएको सम्झौताले नेपाललाई फसाउने षड्यन्त्र गरिरहेकाे छ । उत्तरसाम्राज्यवाद र एकाधिकार पुँजीवाद भयङ्कर आर्थिक, वैचारिक र राजनीतिक सङ्कटबाट गुज्रिरहेको त्यो सङ्कट व्यापारयुद्ध र सैन्य युद्धका रूपमा अभिव्यक्त भएको छ । त्यसको विरोध स्वरुप पुस १४ गते अन्तरक्रिया, पुस १६ गते जुलुस प्रदर्शन, पुस १८ गते विरोध सभा र पुस २० गते अमेरिकी दुताबासमा ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ ।

संघर्षका कार्यक्रमहरु :
२०७६ पुस १४ गते देशव्यापी अन्तक्रिया कार्यक्रम
२०७६ पुस १६ गते देशव्यापी जुलुस प्रदर्शन
२०७६ पुस १८ गते देशव्यापी विरोध सभा
२०७६ पुस २० गते अमेरिकी दुताबासमा ज्ञापनपत्र दिने

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार