logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

एनसेल मेलामा दुइ शक्तिशाली बम विस्फोट


  • राजनीति
  • शनिबार, पुष १२ २०७६

अज्ञात समुहले बहुराष्ट्रिय  कम्पनी एनसेलले मेला आयोजना गरेको सिद्देश्वरी स्कुलको प्राङ्गणमा राती ९ बजे र १०:३० बजे लगातार बम विस्फोट भएको छ  ।
विप्लव नेतृत्वको नेकपाले एनसेललाई कुनै मेला महोत्सव नगर्न चेतावनी दिएको भोलिपल्ट एनसेलले बुटवलमा आयोजना गर्न थालेको कन्सर्टको स्थल नजिकै बिस्फोटको आवाज आएको हो ।

पौष १२ गते बुटवलको सिद्देश्वर स्कुलको प्राङ्गनमा एनसेलको कन्सर्ट गर्ने तयारी चलिरहेको अघिल्लो राती ९ बजे र १०:३० बजे बिस्फोटको आवाज आएको हो । बुटवलको सुख्खानगर स्थित सिद्देश्वर माबिको नजिकै बिस्फोटको आवाज आए लगत्तै स्थानीयबासी त्रसित बनेका थिए । आवाज आए लगत्तै प्रहरी बिद्यालय परिषरमा पुगेकाे छ ।

बिहिबार विप्लव नेतृत्वको नेकपाका रुपन्देही सेक्रेटरी बिजयले एक बिज्ञप्ती प्रकाशित गर्दै एनसेललाई कुनै मेला महोत्सव नगर्न चेतावनी दिएका थिए । उनले निकालेको बिज्ञप्तीमा राज्यलाई तिर्नुपर्ने कर नतिरी मेला गरेमा कारवाहि गरिने र त्यसको जिम्मा एनसेल आफैले लिनु पर्ने उल्लेख गरेका थिए ।

तर  यता प्रहरी ले भने बिस्फोट नभएको बताएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार