राजनीति
नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल रुकुम पश्चिमले भ्रष्टाचार गरेको आरोपमा वडा अध्यक्ष लाल बहादुर बुढाथोकीलाइ कालोमोसो दलेको छ । युवा संठनले आफ्नो पार्टी को विरुद्ध सुराकी गरेको र भ्रष्टाचार गरेको आरोपमा कार्वाही गरेको जनाएको छ ।
प्रेस बिज्ञप्ती
लाल बहादुर बुढाथोकिलाइ कार्वाही किन ?
आदरणीय सज्जनबृन्द !
युवा संगठन नेपाल आम नेपाली युवाहरुको हक र अधिकार स्थापित गर्नका साथै देशमा दलाल,भ्रष्ट र माफियाहरुले चलाइरहेका अबैध धन्दा,लुट ,मानव तस्करि,चेलिबेटी बेचबिखनका बिरुद्द निर्मम संघर्ष गरिरहेको छ ।यतिबेला युवा संगठनको काधमा मुख्य दुई जिम्मेवारिहरु छन ।पहिलो नेपाली समाजमा उम्रीएका तस्कर,भ्रष्ट ,दलाल ,माफिया नाम का पुजिवादि बोकेझारलाई उखेल्दै समाजको पबित्रीकरण गर्ने र दोश्रो निशुल्क शिक्षा,स्वास्थ्य,रोजगारिको ग्यारेन्टी र बिकसित राष्ट्रीय पुजि र बलियो राष्ट्रिय स्वाधिनताको सुगन्ध प्रवाहित गर्ने सुन्दर फुल बैज्ञानिक समाजवादको बिजारोपण अनि जगेर्ना गर्नुपर्नेछ ।
हो ! हामी यतिखेर कलङ्कहरुबाट समाजको मुक्ती अभियानमा छौ ।यसै सिलसिलामा रुकुम जिल्ला चौरजहारी नगरपालिका वडा नं ३ का कथित वडा अध्यक्ष लाल बहादुर बुढाथोकिलाइ कालो मोसो दलेर सांकेतिक कार्वाही गरेका छौं ।
को हुन लाल बहादुर ?
………………………….
आदरणीय सज्जनबृन्द ,लाल बहादुर बुढाथोकी तत्कालिन जनयुद्दको सुरुवाती चरणमा माओवादि कार्यकर्ता बनेर जनतालाइ आस्वासित गर्ने र पछि गएर २०५९ सालमा मुसिकोट खलंगा गैइ तत्कालिन प्रशासन सामु रगतको मूल्य तिरेर प्राप्त गरेका दुई वटा ग्रीनेड बुझाउदै आत्मासमर्पण गर्ने एक गद्दार हुन ।पछिल्लो चरणमा प्रचण्डले संसदवादमा आत्मासमर्पण गरेपछी कथित वडा अध्यक्ष भएका उनले वडा कार्यालयको भवन बनाउने भन्दै टार सिचाइ आयोजना चौरजहारि नहरको काठ चोरी गरेका थिय ।वडा कार्यालयको भवन निर्माण गर्न भन्दै पिलार मात्रै ठड्यायर पचास लाख झ्वाम पारेका थिय (स्मरण रहोस त्यो पिलार पनि आफै भत्किएको थियो) ।यति मात्रै होइन केही बर्ष अगाडि सेतिगार खोलाबाट टाटागाउ सम्म खानेपानी पुर्याउने भन्दै आयको २ करोड पाइप मात्रै गाडी पानी नै सुचारु नगरी झ्वाम पार्ने अगुवा पनि उनै हुन । भखरै मात्र राष्ट्रिय मिडियामा भाइरल भएको समाचार चौरजहारी नगरपालिका वडा नं -३ स्यालखोला निवासी गोबिन्द बिकलाइ “तँ डुम” भन्दै कुटपिट गर्ने ,लछारपछार गर्ने र निज गोबिन्दले प्रहरी प्रशासनमा न्यायको लागि गुहार गर्दा बिप्लवको कार्यकर्ता भएको आरोप लगाइ गिरफ्तार गराउने सम्मको हर्कत गर्ने ब्यक्ती उनै हुन ।
कार्वाहीको कारण
………………………..
१.जनयुद्धको बलमा स्थापित गणतन्त्रमा दुश्मन सामु आत्मासमर्पण गरि जनयुद्धलाई घात गर्ने गद्दारहरुको रजाइ सहिदको रगतमा खेलिएको होलि हो ।सहिदको अपमान युवा संगठनलाइ स्विकार्य छैन ।
२.बर्गिय, जातिय सबै किसिमका उत्पिडनका बिरुद्दमा स्थापित गणतन्त्रको सत्तामा बसेर दलित जातिलाइ गरिने तल्लो स्तरको व्यबहार हामिलाइ स्विकार्य छैन ।
३.सत्ता र शक्तिको आडमा गरिने सार्वजानिक सम्पतिको चोरी र दोहन हामिलाइ स्वीकार्य छैन ।
४.जनताको करलाई दुरुपयोग गर्दै ब्यक्तीगत सुख- सयल आर्जन गर्नु भ्रष्टाचार हो ।हामिलाइ भ्रस्टाचार स्विकार्य छैन ।
५.जनसत्ताले राजिनामा गर्न दिएको निर्देशनको अवज्ञा हामिलाइ स्विकार्य छैन ।
कार्वाहीको तत्कालीन कारण
………………………….
सार्वजनिक बनको समितिमा दलित समुदायको तर्फबाट मेरो सहभागिता गराइयोस भनेर बिषय राख्ने गोबिन्द बिकमाथी जुन खाले जातिय विभेद र कुटपिट गरेको न्युज भाइरल भयो ! त्यो जातिय विभेद मात्रै गोबिन्द संग सम्बन्धित बिषय होइन ,यो सिङ्गो दलित समुदाय र दलित आन्दोलन संग जोडियको बिषय पनि हो ।एक्काइसौं सताब्दीमा मानव जातका आधारमा श्रेष्ठ हुने होइन बरु विवेक ,क्षमता ,प्रतिभा उच्च मानविय गुणले श्रेष्ठ साबित हुने हो ।यो युगमा सत्तामा बसेर बिभेदको खेती र रक्षा गर्ने बिषय ठूलो अपराधको बिषय हो । जातीय विभेद समाजिक कुरिती मात्रै होइन, बरु कानुन त दन्डनिय पनि हो ।जब कानुन नै अपराधको रक्षा गरेर बस्छ भने अपराधको जरो उखेल्न हामी बाध्य हुनेछौं ।
आदरणीय सज्जनबृन्द ,अन्तमा सत्ता र शक्तिको आडमा तपाइहरुलाइ करको भारी बोकाइ आफू गाडी र सयलमा रमाउने कथित जन प्रतिनिधि, समाजको अग्रगमन यात्रालाई रोक्न खोज्ने, समाजलाइ दुषित बनाउने सबै किसिमका ब्यक्तिहरुलाइ जनकार्वाहि गर्दै समाजिक रुपमा बहिस्कार गर्न अनुरोध गर्दछौ ।साथै जनसरकारले सामाजिक ,आर्थिक ,साँस्कृतिक तथा राजनीतिक रूपमा भ्रष्ट जनप्रतिनिधिलाई यसअघि राजीनामा दिन गरेको निर्देशनको कार्यान्वयन गरी तत्काल राजीनामा दिई जनसरकारलाई सहयोग गर्न युवा संगठन नेपाल निर्देशन गर्दछ।!!
क्रान्तिकारी अभिवादन सहित।
क. लय सहानी
(अध्यक्ष )