राजनीति
नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपा युवा नेता तथा पाल्पा जिल्ला इन्चार्ज पुर्ण बहादुर सिंहले जनताको रक्षाको लागी जनमुक्ति सेना र सेवाको लागी जनसत्ता सक्रिय रहेको बताएकाछन । जिल्लाको सदरमुकामको अज्ञात स्थलमा भएको अखिल क्रान्तिकारीको सम्मेलनलाइ उद्धघाटन गर्दै उक्त धारणा राखेका हुन । एकै दिन दुइ कार्यक्रम सम्पन्न गरेको नेकपा पाल्पाले पार्टीको ३ महिने संगठन सुदृढीकरण एब बिस्तार अभियान उद्धघाटनको समेत शुभारम्भ गरेको छ ।
सम्मेलनमा बोल्दै नेकपाका जिल्ला इन्चार्ज पुर्ण बहादुर सिंहले देशको शासन ब्यवस्था बदल्ने अन्तिम जिम्मेवारी युवा विद्यार्थीहरुको काधमा आएको बताएका छन । क्रान्ति निर्बिकल्प रहेको भन्दै यसमा महत्त्वपूर्ण योगदान गर्न आव्हान समेत गरेका छन । नेकपाले बैकल्पिक सत्ताको अभ्यासमा लागेको भन्दै प्रदेशको सट्टामा स्वायत्त राज्य, सेना प्रहरीको सट्टामा जनमुक्ति सेना, सरकारको सट्टामा जनपरिषदलाई सक्रिय बनाएको उनले बताए ।
सम्मेलनमा प्रमुख अतिथिको रुपमा बोल्दै अखिल(क्रान्तिकारी)
का महासचिव प्रकाश शाहिले शिक्षा क्षेत्रमा देखिएको बिकृती बिसङती, राजनीतिकरण, ब्यापारीकरणको अत्य गर्दै नयाँ जनवादी शिक्षा स्थापना गर्नु अबको लक्ष्य रहेको बताए ।
सम्मेलनमा नेपाल कम्युनिस्ट पार्टी पाल्पा सेक्रेटरी भुवन जिसिले शुभकामना मन्तव्य राखेका थिए ।
तानेसेन नगरपालिका भित्रै गरेको उक्त कार्यक्रममा अखिल क्रान्तिकारीका लुम्बिनी इन्चार्ज, बिरेन्द्र बिक, केन्द्रिय सदस्य रमेश गैरे, नेतृ शारदा भण्डारी ,जनसत्ता प्रमुख मिन आले र युवाका ब्युरो संयोजक बिश्लेषणको उपस्थित रहेको थियो ।
अखिल क्रान्तिकारी पाल्पाको १७ औं सम्मेलन बाट लंक रानाको नेतृत्वमा ११ सदस्यीय जिल्ला कमिटी निर्वाचन गरेको छ ।