logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

क्रान्तिकारी पाल्पाको सम्मेलन सम्पन्न लंक बने कमान्डर


  • राजनीति
  • शनिबार, पुष १२ २०७६

नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको बिद्यार्थी संगठन अखिल क्रान्तिकारी पाल्पाले जिल्ला सम्मेलन सम्पन्न गरेको छ । सदरमुकामको अज्ञात स्थलमा भएको अखिल क्रान्तिकारीको सम्मेलन सम्पन्न गरेको नेकपा पाल्पाले जनाएको छ ।

सम्मेलनमा बोल्दै नेकपाका जिल्ला इन्चार्ज पुर्ण बहादुर सिंहले देशको शासन ब्यवस्था बदल्ने अन्तिम जिम्मेवारी युवा विद्यार्थीहरुको काधमा आएको बताएका छन । क्रान्ति निर्बिकल्प रहेको भन्दै यसमा महत्त्वपूर्ण योगदान गर्न आव्हान समेत गरेका छन । नेकपाले बैकल्पिक सत्ताको अभ्यासमा लागेको भन्दै प्रदेशको सट्टामा स्वायत्त राज्य, सेना प्रहरीको सट्टामा जनमुक्ति सेना, सरकारको सट्टामा जनपरिषदलाई सक्रिय बनाएको उनले बताए ।

सम्मेलनमा प्रमुख अतिथिको रुपमा बोल्दै अखिल(क्रान्तिकारी)
का महासचिव प्रकाश शाहिले शिक्षा क्षेत्रमा देखिएको बिकृती बिसङती, राजनीतिकरण, ब्यापारीकरणको अत्य गर्दै नयाँ जनवादी शिक्षा स्थापना गर्नु अबको लक्ष्य रहेको बताए ।

सम्मेलनमा नेपाल कम्युनिस्ट पार्टी पाल्पा सेक्रेटरी भुवन जिसिले शुभकामना मन्तव्य राखेका थिए ।

तानेसेन नगरपालिका भित्रै गरेको उक्त कार्यक्रममा अखिल क्रान्तिकारीका लुम्बिनी इन्चार्ज, बिरेन्द्र बिक, केन्द्रिय सदस्य रमेश गैरे, नेतृ शारदा भण्डारी ,जनसत्ता प्रमुख मिन आले र युवाका ब्युरो संयोजक बिश्लेषणको उपस्थित रहेको थियो ।

अखिल क्रान्तिकारी पाल्पाको १७ औं सम्मेलन बाट लंक रानाको नेतृत्वमा ११ सदस्यीय जिल्ला कमिटी निर्वाचन गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार