logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

प्रदर्सनको तयारीमा रहेका नेकपाका डेढ दर्जन कार्यकर्ता काठमाडौमा गिरफ्तार


  • राजनीति
  • आइतबार, पुष १३ २०७६

नेत्र बिक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी निकट जनवर्गीय संगठनले राजधानी काठमाडौमा भारत द्धारा अतिक्रमणको विरोधको तयारी गर्दै गर्दा झन्डै डेढ दर्जन नेता कार्यकर्ता गिरफ्तार भएकाछन । काठमाडौको केन्द्र बालमिकी क्याम्पस वरिपरिबाट जुलुसको तयारी गरेका टोलीलाइ प्रहरीले गिरफ्तार गरेको अखिल क्रान्तिकारीको स्रोतले बताएको छ।

यस अगाडि बिद्रोही दल तथा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले मंसिर ३० गते गरेको विरोध प्रदर्शन कार्यक्रममा पनि प्रहरीले हस्तक्षेप गरेको थियो । राजधानी काठमाडौंको ढल्कुमा भारत द्धारा अतिक्रमीत भुमिको विरोधमा प्रदर्शन गर्ने तयारी गरिरहेका नेकपाका कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतले आफ्नो नक्सामा समेटेको विरोध र्यालीको गर्दै जुलुस प्रदर्सन गर्ने जनाएको थियो ।

मंसिर ३० गते तयारीकै क्रममा प्रहरीको हस्तक्षेपछि कार्यकर्ता तितरवितर भएर कार्यक्रम सम्पन्न गर्न सकेको थिएन । सोहि कार्यक्रमलाइ सारेर आज जबस मोर्चाले प्रदर्शन गर्ने योजना भएको पनि सफल हुन नसकेको बताइएको छ

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार