राजनीति
नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारीका भक्तपुर संयोजक र ललितपुर सचिव गिरफ्तार भएका छन ।
क्रान्तिकारीका भक्तपुर संयोजक मानबहादुर डाँगी र ललितपुर सचिव ललिजन वमलाई विना कारण गिरफ्तार गरेको भन्दै संगठनले विरोध जनाएको छ । यधपी क्रान्तिकारीका उपत्यका संयोजक हर्क बिकले भने ललिजन शाही भनेर बिज्ञप्ती जारी गरेकाछन ।
अखिल क्रान्तिकारीका उपत्यका क्षेत्रीय समन्वय समितिले आइतबार विज्ञप्ति जारी गरेर गिरफ्तारीप्रति आपत्ति जनाएको छ । क्रान्तिकारीक अनुसार डाँगीलाई पुस ११ गते अध्ययनरत भक्तपुरस्थित सानोठिमी क्याम्पसबाट र वमलाई १२ गते काठमाडौँबाट प्रहरीले गिरफ्तार गरेको हो । क्रान्तिकारीले दुबै जनालाई गिरफ्तारपछि कहाँ राखियो भन्ने परिवारलाई समेत जानकारी नदिइएको बताएको छ ।