logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

विप्लव निकट युवाका उपत्यका इन्चार्ज २ हप्ता देखी वेपत्ता


  • राजनीति
  • सोमबार, पुष १४ २०७६

नेत्र बिक्रम चन्द विप्लव नेतृत्व नेपाल कम्युनिष्ट पार्टीको सहायक संगठन युवा संगठन नेपालले  केन्द्रीय समितिका सदस्य तथा उपत्यका ब्यूरो संयोजक राजु घिमिरे प्रहरीले बेपत्ता बनाएको भन्दै आपत्ति जनाएको छ ।

यहि पौष १ गते काठमाडौंवाट गिरफ्तार गरि प्रहरीले  वेपत्ता बनाएकोले संगठनलाई ढिलो सूचना गरेको संगठनका कार्यवाहक अध्यक्ष दिनेशले निकालेको विज्ञप्तिमा उल्लेख
छ ।  विज्ञप्तिमा सरकारले गरेको  घिमिरेको अपहरण र दमनको निन्दा एवं घोर भ्रत्सना गर्दछ भनिएको छ ।
गिरफ्तार घिमिरेलाई स–सम्मान तत्काल रिहाइ गर्न संगठनले माग गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार