logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

रक्षाकवच, योद्धा एवं फौजी भूमिका निर्वाह गर्न ‘ख’ गराए प्रचण्ड ओलीले पत्रकारलाई


  • राजनीति
  • बुधबार, पुष १६ २०७६

सत्तारूढ दल नेकपा निकट पत्रकारहरुकाे एक भेला बालुवाटार मा सम्पन्न भयाे । उक्त भेलालाई अध्यक्षद्वय केपी ओली र प्रचण्डले सम्बाेधन गरे । र आफू निकट पत्रकार हरुलाइ ‘ख’गराएकि आफ्नाे पार्टी र सरकार बिरुद्ध नलेख्नु ।

तर संविधानले पत्रकारलाई सत्तारुढ दलका फौज, बटालियन वा योद्धा मान्दैन । संविधानले पत्रकारलाई ‘बुर्जुवा’ वा ‘प्रतिक्रियावादी’ तत्व पनि मानेको छैन ।

पत्रकारहरुले सरकारको आलोचना गर्नै नपाइने वा सरकारको गुणगान गाउनैपर्ने पनि संविधानमा लेखिएको छैन । नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार नेकपाका अगुवा पत्रकारहरुको भेला आयोजना गरिएको थियो । उनीहरुलाई अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डका साथै प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रशिक्षण दिए ।

अध्यक्ष प्रचण्डले प्रेस संगठनका केन्द्रीय नेताहरुलाई सपथ खुवाए । उपस्थित पत्रकारलाई नेताहरुले सरकार र पार्टीको रक्षाकवच, योद्धा एवं फौजी भूमिका निर्वाह गर्न ‘ख’ गराए ।

अध्यक्ष प्रचण्डले सूचना प्रविधिमा बुर्जुवाहरुको प्रभाव रहेको आरोप लगाउँदै भने, ‘दुर्भाग्यवस अहिले इन्फरमेसन टेक्नोलोजी बुर्जुवाहरुकै हातमा छ । तपाईहरुले बुर्जुवालाई जित्नुपर्ने छ । यो लडाइँ हामीले जित्नुपर्ने छ । तपाईहरुको यो फौज, यसलाई मैले एउटा ठूलो बटालियनका रुपमा मान्छु ।’

प्रचण्डले समाचारको शैलीबारे समेत चर्चा गर्दै, ‘बुर्जुवाहरुको कन्टेन्ट गएगुज्रेको हुन्छ, तर, उनीहरुले त्यसको प्रेजेन्टेसन र रुपचाहिँ सम्हारेर हेरिराख्नुजस्तो बनाउँछन् ।….’
प्रधानमन्त्री ओलीले पनि प्रचण्डलेजस्तै पार्टीनिकट पत्रकारलाई प्रतिक्रियावादी विरुद्ध लड्न आग्रह गरे ।

प्रधानमन्त्रीले भने, ‘हामी सानो लडाइँ लडिरहेका छैनौं । नेपाली जनताको विजयलाई फेरि पनि विभिन्न सञ्चार माध्यम, सामाजिक सञ्जाल प्रयोग गरेर हमला गर्न खोज्छन् । प्रतिक्रियावादी शक्तिहरु यसमा बहुतै मेहनतका साथ लागेका छन् । तपाईहरु आ–आफ्नो ठाउँका योद्धाहरु हो, तपाईहरुले लड्नुपर्छ ।’

बालुवाटारमा प्रधानमन्त्री ओली र प्रचण्डले मिडियासम्बन्धी के कस्ता अभिव्यक्ति दिए ? त्यसबारे चर्चा गर्नुभन्दा पहिले ऊर्जामन्त्री वर्षमान पुनको ‘फेसबुक गुनासो’बारे चर्चा गरौं–

बालुवाटारमा पार्टीनिकट पत्रकारहरुले सपथ खाइरहँदा पत्रकारका नेता महेश्वर दाहाल पनि थिए । अघिल्लो दिन शुक्रबार उर्जामन्त्री वर्षमान पुनले आफ्नो फेसबुक पेजमा एउटा अनलाइनले आफ्नो व्यक्तिगत चरित्र हत्या गर्ने नियोजित उद्देश्यले समाचार लेखेको गुनासो सार्वजनिक गरेका थिए ।

हामीले मन्त्री पुननिकट स्रोतलाई सोध्यौं, कुन अनलाइनले मन्त्रीज्यूको चरित्र हत्या गरेछ ? जवाफ आयो, कामरेड महेश्वर दाहालको अनलाइनले ।

नेकपानिकट अधिकांश पत्रकारहरु मन्त्री र नेताहरुका प्रेस संयोजक, प्रेस सल्लाहकार आदिमा नियुक्त भएका छन् । केन्द्रदेखि स्थानीय तहसम्मै यस्तो अवस्था छ । त्यसरी सरकारी संयन्त्रमा बसेका पार्टी निकटका पत्रकारहरुले कुनै मूलधारको मिडियासँग सम्बन्ध राख्नुभन्दा पनि सरकारी समाचारहरु लेख्ने गरी आ–आफ्नै अनलाइनहरु चलाउने गरेका छन् । र, उनीहरु त्यसैमा आफ्नो गुटको पक्षमा र अर्को गुटको विरुद्धमा समाचार लेख्छन् । वर्षमान पुन यसैको पछिल्लो शिकार बनेका पात्र हुन् ।

अधिकांश नेकपाका नेताले मूलधारका मिडियालाई बुर्जुवा, नेकपाविरोधी, इत्यादि भनेर गाली गर्छन् अनि तिनै आ–आफ्ना गुटका मिडियालाई संरक्षण गर्दै उनीहरुलाई ‘योद्धा’ का रुपमा चित्रण गर्छन् । संविधानले चिनेको प्रेसलाई सरकार र नेकपा नेताहरुले चिन्न छाडेका छन् । शनिबार बालुवाटारमा सञ्चार जगतबारे नेकपा नेताहरुको अभिव्यक्ति त्यसैको पछिल्लो उदाहरण मात्र हो । अन्लाईन खबरबाट

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार