राजनीति
????????????????????????????????????
पोखरा/ हिजो साझ संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव सुटुक्क बालुवाटारमा पसेर बाहिरिएका छन् ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकताको अन्तिम कसरत चलिरहेका बेला एमाले नेता अग्नि खरेलको गाडीमा चढेर यादव उनीसँगै बालुवाटार पुगेका थिए ।
खरेलसँगै बालुवाटार पुगेर अध्यक्ष यादव करिब पौने घन्टा बसेपछि त्यहाँबाट सुटुक्क बाहिरिएकाे जनाइएकाे छ । दुई वाम घटकबीच एकता वार्ता जारी रहेका बेला यादवको बालुवाटार आगमनलाई अर्थपूर्णरुपमा लिइएको छ ।
यादव र वाम दलका नेताहरुबीच सरकार निर्माणबारे छलफल भएको स्रोतले जनाएको छ । तर यसबारे वाम घटकका नेताले केही कुरा खोलेका छैनन् । दुई वाम दलले फोरमलाई पनि सरकारमा ल्याउने कोशिश गरिरहेका छन् । सुरुमा एमालेको राजनीति गरेका यादव दोस्रो जनआन्दोलनपछि फोरम स्थापना गरेर सक्रिय राजनीतिमा छन् ।