logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

एनसेलले बुझायाे चार अर्ब ५० करोड कर


  • राजनीति
  • बुधबार, पुष १६ २०७६

सेवा प्रदायक एनसेलले लाभकर बापत चार अर्ब ५० करोड रुपैयाँ दाखिला गरेको छ ।

निर्धारित कुल लाभकरलाई छ महिनामा किस्ता बापत बुझाउन पाउने सुविधा मागसहित कम्पनीले लाभकर बुझाएको ठूला करदाता कार्यालयले जनाएको छ ।

यसअघि २०७२ चैत २९ गते स्विडेनको कम्पनी टेलियासोनेराले आफ्नो स्वामित्वमा रहेको ८० प्रतिशत शेयर तत्कालीन बजार मूल्य अनुसार एक खर्ब ४३ अर्ब ६५ करोड रुपैयाँमा मलेसियन कम्पनी एजिएटालाई बिक्री गरेको थियो । गोरखापत्र दैनिकमा खबर छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार