logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

कालापानीमा बाह्रैमास सुरक्षा पोस्ट राखिदै


  • पत्रपत्रिका
  • बुधबार, पुष १६ २०७६

सरकारले कालापानी क्षेत्रमा बाह्रैमास सुरक्षा पोस्ट राख्ने तयारी गरेको छ। गृह मन्त्रालयका अनुसार जाडो र गर्मी मौसम अनुकुल हुने गरी सुरक्षा पोस्ट निर्माण गर्ने प्रक्रियासमेत अघि बढेको छ।

संसद्को संयुक्त संघीय राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको बैठकमा मंगलबार गृहमन्त्री रामबहादुर थापाले भारतसँगको सिमानामा मौसम अनुकुल १ सय ५ वटा र चीनसँगको सिमानामा ७ वटा गरी ११२ वटा बोर्डर अब्जरवेशन पोस्ट (बीओपी) राख्ने पक्रिया अघि बढाएको जानकारी दिए।

‘दार्चुलामा पनि सुरक्षा पोस्ट स्थापना गर्ने काम अघि बढेको छ’, समिति बैठकमा मन्त्री थापाले भने, ‘कालापानीलगायतका क्षेत्रमा सबै सिजन अनुकुल हुने गरी सुरक्षा पोस्ट तयार पार्दैछौं।’

अहिले दार्चुलाको सीमा क्षेत्रमा सुरक्षा पोस्ट रहे पनि चिसो मौसममा सुरक्षाकर्मी बेंसी झर्ने गरेको समिति बैठकमा सांसदले जानकारी गराएका थिए। राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा मंगलबार सांसदहरूले सुरक्षाकर्मीलाई जाडो अनुकुल क्याक्प नभएका कारण विवादित सीमाको अनुगमन हुन नसकेको औंल्याए।

पछिल्लो पटक बसेको मन्त्रिपरिषद् बैठकले कालापानी जोड्ने सडक निर्माणका लागि ११ करोड रुपौयाँ विनियोजन गरेकोसमेत थापाले बताए। उनका अनुसार दार्चुलाको छाङरीमा गोरेटो सडक निर्माणका लागि बजेट विनियोजन गरिएको हो।

समितिले सीमामा छलफल गर्न सरकारका चार तालुक मन्त्रीलाई बैठकमा बोलाएको थियो। बैठकमा गृहमन्त्री थापा र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत र भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रीमा पद्मा अर्याल उपस्थित थिइन्। आजको अन्नपूर्ण पाेष्टमा खबर छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार